राेल्पामा कस्तो रह्यो माओवादी रुपान्तरण अभियान ? फाेटाे फिचरसहित

नेकपा (माओवादी केन्द्र)ले संचालन गरेको “जनतासँग माओवादी विशेष रुपान्तरण अभियान २०८०” काे समीक्षात्मक बैठक मंगलबार रोल्पाको लिबाङमा सम्पन्न भएको छ ।

समिक्षात्मक बैठकमा ४ महिना संचालन गरिएको रुपान्तरण अभियान ७५ प्रतिशत सफल भएको र डेढ दशकपछि कै सबैभन्दा बढी नेता कार्यकर्ता जनताकाे घरदैलाेमा पुगेर जनताको सुखदुःखसँग साक्षात गर्नेगरी केन्द्रीकृत भएको बताइएको छ ।

अभियानकै क्रममा साे पार्टीका नेता कार्यकर्ताहरुले झण्डै १९ लाख बराबरको विकास निर्माणकार्य पनि सम्पन्न गरिएको जिल्ला संयाेजक पूर्ण केसीले बताए ।


केसीका अनुसार पार्टीले स्थानीय स्तरमा सडक मर्मत, पानी कुवा मर्मत तथा पुनःस्थापन, पाेखरी निर्माण, अस्थाई पुलपुलेसा आदि निर्माण गरेकाे छ । कार्यक्रममा उनले माओवादी तथा सिङ्गो जनताकाे रुपान्तरण अभियान निरन्तर जारी राख्न जरुरी भएको पनि बताए ।

बैठकले प्रत्येक वडामा भएको कम्युनिस्ट स्कुलिङ धेरै प्रभावकारी भएको निष्कर्ष निकालेकाे छ ।

प्रचण्डकाे आगमनले अभियान थप प्रभावकारी

अभियानकै क्रममा जनतासँग नेतृत्व जोडिने योजना अन्तर्गत पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ´प्रचण्ड` थवाङ गाउँपालिकाकाे १ र २ नम्बर वडामा संयुक्त इन्चार्ज भएर बैठकमा सहभागी हुनुको साथै लिवाङको टुडिखेलमा भएको खुला आमसभाले जिल्लाको अभियानलाई थप उत्साहित बनाएको निष्कर्ष छ ।

कार्यक्रममा अभियानका जिल्ला ईन्चार्ज पूर्ण घर्ती आयामले भने “याे अभियानले मुलतः जनता, कार्यकर्तामा नयाँ शिराबाट पार्टी निर्माणका लागि आधार तयार गरेको छ । अब माओवादीलाई अझ नयाँ ढंगले रुपान्तरित भइ आम जनताको बीचमा इमानदारीपूर्वक लाग्न प्रेरित गरेकाे छ र हामीले जनताका विकास र समृद्धिका सपना पूरा गर्न सबै ढंगले लाग्नुपर्छ छ ।”

उनले अभियानले जनता र माओवादीका नेताहरु बीचमा सम्बन्ध सुढिृढ भएकोले निरन्तर रुपमा जनताकाबीच अभियानहरु लिएर जानको लागि अनुरोध गरेका छन् ।  घर्तीले माओवादीहरुले विगतको आन्दोलनमा गरेको त्याग, तपस्या र बलिदानकै कारणले देशमा परिवर्तन आएको कुरालाई आम जनतालाई स्पष्ट बनाउन निरन्तर रुपमा लागिरहन कार्यकर्तालाई निर्देशन दिए ।

 


घर्तीले माओवादी विचार राख्ने नेता/कार्यकर्ताले आत्मसमीक्षा गर्दै भावी राजनैतिक कार्यदिशामा आधारित नेता, कार्यकर्ताहरुले आफूलाई सुधार्न जरुरी रहेको र समाजवादी क्रान्तिको आधार तयार गर्न पार्टीले गहिरो समीक्षा गर्नुपर्ने, अन्य राजनीतिक दल भन्दा माओवादीको विचार राख्ने नेता र कार्यक्रताको विचार र कार्यशैलीमा फरकपना रहन जरुरी रहेको बताए ।


अभियानको समीक्षा बैठकमा नेकपा (माओवादी केन्द्र) केन्द्रीय समिति सदस्य आइपी खरेल, केन्द्रीय समिति सदस्य तेजबहादुर वली, केन्द्रीय सदस्य सीता आचार्य, बैकल्पिक केन्द्रीय सदस्य सुरेन्द्र थापा, बैकल्पिक केन्द्रीय सदस्य आसबहादुर पुनमगर, केन्द्रीय समिति जेष्ठ नागरिक मञ्चका सदस्य चन्द्रबहादुर पुनमगरले समीक्षात्मक मनतव्य राखेका थिए ।

रिपोर्टिङ राख्ने पालिका अभियानका संयोजकहरुमा रोल्पा नगरपालिकाबाट रेशम पुनमगर, माडी गाउँपालिकाबाट नरसिंह राना, परिवर्तन गाउँपालिकबाट मौसम रोकामगर, थबाङ गाउँपालिकाबाट हितकुमारी रोका, त्रिवेणी गाउँपालिकाबाट कर्मलाल परियार, रुन्टी गाउँपालिकाबाट गोविन्द पुनमगर, सुनिलस्मृति गाउँपालिकाबाट बाबुलाल पुनमगर, लुंग्री गाउँपालिकाबाट सिवराम केसी, सुनछहरी गाउँपालिकाबाट तुलाराम खड्का र गंगादेव गाउँपालिकाबाट नन्दबहादुर पुनले गहन समिक्षासहितकाे मनतव्य राखेका थिए ।

पार्टी पदाधिकारी अन्तरप्रदेश ,पार्टी केन्द्रीय सदस्य, अन्तरजिल्ला र पार्टी प्रदेश सदस्य अन्तर पालिकामा अभियानका लागी जाने निर्णय अनुसार रोल्पामा अन्तर जिल्लाबाट पुर्ण घर्ती, तेजबहादुर ओलि प्रतीक, आइपि खरेल र सीता आचार्यलाई फुलमाला अबिर र मायाको चिनो दिएर बिधाई गरिएको थियो भने अन्तर पालिकाबाट थवाङ खट्ने प्रदेश कमिटी सदस्य हितकुमारी रोका, परिवर्तन गापामा खट्ने मौसम रोका, माडी गापामा खट्ने नरसिंह राना लालिगुरास, गंगादेबमा खट्ने नन्द बहादुर पुन त्रिवेणिमा खट्ने कर्मलाल बिक, रोल्पा नगरमा खट्ने रेशम पुन, सुनिल गाउँपालिकामा खट्ने बाबुलाल पुन र शोभाराम राना मगर लगायतलाई  १६ गते नै खटिएको पालिकाले बिदाई गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation