मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

नवलपरासी पश्चिममा मोटरसाइकल दुरंघटना हुँदा चालकको मृत्यु भएको छ ।

आइतबार राति सुनवल नगरपालिका- १२ फरौली र रामग्राम नगरपालिका-११ को सिमानास्थित भित्री सडकमा लु१७प ८७८८ नं. को मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर भएका चालक सुनवल-९ स्वाठीका करिब २६ वर्षका रामनाथ कंवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शव पोष्टमार्टमका लागि परासी अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation