रविलाई बिहीवार उपस्थित गराउने गरी प्रहरीको जिम्मा!

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भोलि बिहीवार उपस्थित गराउने गरी चितवन प्रहरीको जिम्मा लगाइएको छ।

चितवन जिल्ला अदालतले उनीसँग आज बयान लिएको र लगत्तै थुनछेक बहस भए पनि नसकिएकाले आज प्रहरीको जिम्मामा छाडिएको अदालतका स्रेस्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिए।

‘आज आदेश आएन, थुनछेक बहस नै बाँकी रहेकाले अदालतले भोलि विहान १० बजे उपस्थित गराउने गरी प्रहरीको जिम्मा लगाएको छ’, उनले भने।

जिल्ला सरकारी वकिल कार्यालयको तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्याौपाने र सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी, बुद्धबहादुर थापासहित तीन जनाले बहस गरे।

जाहेरवालाका तर्फबाट अधिवक्‍ता रमेश काफ्‍लेले बहस गरेका थिए। अब जाहे‍रवालाका बाँकी वकिलले बहस गरेपछि प्रतिवादीका तर्फबाट बहस हुने छ। त्यसपछि सरकारी वकिलले जवाफी बहस गर्ने छन्। अनि आदेश आउने छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation