१२ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्ने पाँचजना पक्राउ 

११ साउन, मोरङ

मोरङको रंगेलीमा एक १२ वर्षीया बालिकालाई ललाइफकाई दुई दिनसम्म  बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । गरिब परिवारकी ती १२ वर्षीया बालिकालाई घुमफिर गराउने बहानामा ललाइफकाई रंगेलीनगरपालिकास्थित नाइन्टिनाइन र युमी क्याफेमा ल्याएर बन्धक बनाई  दुई दिनसम्म सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पाँचजना युवालाई आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा मोरङ रंगेली– ३ का १८ वर्षीय मोहम्मद अरमान, सुनबर्सी– ९ का  २१ वर्षीय सुमनकुमार साह, रंगेली– ७ का २० वर्षीय करण मण्डल,  १८ वर्षीय प्रियांशु साह र रंगेली– ६ का १८ वर्षीय रितिक यादव  छन् । पक्राउ पर्ने सुमनकुमार साह रंगेलीको संसारीमाईस्थाननजिकै रहेको क्याफेका  सञ्चालक हुन्।

मोरङ प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रका  अनुसार ३ साउनमा  रंगेली– ३ का १८ वर्षीय मोहम्मद अरमानले एक १२ वर्षीया बालिकालाई घुमफिर गराउने बहानामा रंगेली– ७ मा रहेको युमी क्याफेमा लिएर गएका थिए । सोही दिन अरमान र  क्याफेका सञ्चालक सुमनकुमार साहले बालिकालाई प्रलोभनमा पारी जबर्जस्ती करणी गरेका थिए ।

त्यसको भोलिपल्ट ४ साउन  राति ९ बजेतिर पुनः रंगेली– ७ का २० वर्षीय करण मण्डलले   ती बालिकालाई रंगेली– ७ स्थित संसारी मन्दिरछेउमा रहेको अर्को नाइन्टिनाइन क्याफेमा  पुर्‍याइएका थिए । सोही क्याफेमा  करण मण्डल, प्रियांशु साह र रितिक यादवले मिलेर बालिकालाई सामूहिक बलात्कार गरेका थिए ।

बालिकामाथि लगातार बलात्कार भएको उजुरी परेपछि जिल्ला प्रहरी मोरङ र  इलाका प्रहरी रंगेलीको  संयुक्त टोलीले १० साउन आइतबार घटनामा संलग्न पाँचैजनालाई नियन्त्रणमा लिएको हो । डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation