पिताको स्मृतिमा रु. ५१ हजारको अक्षयकोष र खानेपानी धारा निर्माण गरिने

१० साउन, प्युठान

परिवारद्वारा समाजसेवामार्फत स्मृतिलाई चिरस्थायी बनाउने घोषणा
८ साउन, प्यूठान दिवंगत पिताको स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यले परिवारले भुवनोट पार्क, सारीमा रु. ५१ हजार बराबरको अक्षयकोष स्थापना तथा खानेपानी धारा निर्माण गर्ने घोषणा गरेको छ।
प्युठानकाे स्वर्गद्वारी नगरपालिका ५ सारी निवासी समाजसेवी एवम् युवा व्यवसायी गंगाराम बिसीका बुबा गिरबहादुरकाे निधन भएको थियाे ।

बुबाकाे नाममा घाेषणा गरिएको रु ५१ हजार रकम चन्द्रीवेवी बुढाथोकी स्मृति काेषमा जम्मा गरेर साेही काेषबाट सामाजिक कार्य गरिने गंगाराम बिसीले बताएका हुन् ।

बिसीकाे १३ औं दिनकाे स्मरण सभामा बाेल्दै साे अक्षयकोष स्थापना गर्ने छाेरा गंगाराम बिसीले बताएका हुन् ।

विभिन्न सामाजिक तथा राजनीतिक व्यक्तिहरुले गिरबहादुरकाे निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँका असल कर्म र आदर्शलाई समाजमा जीवित राख्ने प्रतिबद्धता जनाएका छन्।

गंगाराम बिसीले बुबाबाे स्मरणमा बाेल्दै भने “बुबाकाे सत्कर्मले यो धर्ती र परिवारको बीचमा सधैं सकारात्मक कार्यप्रति उत्प्रेरणा जगाइरह्याे । तपाईंलाई युगौंयुगसम्म सम्झिरहने उद्देश्यले परिवारको तर्फबाट भुवनोट पार्क, सारीमा खानेपानी धारा र रु. ५१ हजार बराबरको अक्षयकोष निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।”

परिवारले श्रद्धाञ्जलीका साथ दिवंगत पिताप्रति अन्तिम सम्मान व्यक्त गर्दै, जीवनकालमा जानाजान वा अन्जानमा भएका कुनै त्रुटिका लागि क्षमायाचना समेत गरेको छ। साथै उहाँको योगदान, आदर्श र सम्झना परिवार तथा समाजमा सदैव प्रेरणाको स्रोत बनेर रहने विश्वास व्यक्त गरिएको छ।

स्थानीय स्तरमा सार्वजनिक हितसँग जोडिएको अक्षयकोष स्थापना र खानेपानी धारा निर्माणको यो घोषणा दिवंगत व्यक्तिप्रतिको सम्मानलाई समाजसेवासँग जोड्ने उदाहरणीय कार्यका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation