

१० साउन, अर्घाखाँची
बाँदरबाट हुने कृषि बालीको क्षति न्यूनीकरण गर्ने उद्देश्यले डिभिजन वन कार्यालय अर्घाखाँचीले २६ जना बाँदर हेरालु नियुक्त गरी प्रभावित क्षेत्रमा परिचालन गरेको छ।
कार्यालयले हालै प्रकाशित सूचनाअनुसार छनोट भएका हेरालुहरूलाई बाँदरको उपद्रव बढी रहेका क्षेत्रमा खटाइएको हो। उनीहरूले स्थानीय किसानसँग समन्वय गर्दै खेतबारीमा बाँदर प्रवेश रोक्ने, बाली संरक्षण गर्ने तथा किसानलाई आवश्यक सहयोग प्रदान गर्नेछन्।
अर्घाखाँचीमा बाँदरका कारण मकै, धान, तरकारीलगायतका बालीमा हरेक वर्ष ठूलो क्षति हुँदै आएको छ। यसबाट किसान प्रत्यक्ष प्रभावित भएपछि स्थानीयस्तरमै हेरालु परिचालन गर्ने कार्यक्रम लागू गरिएको डिभिजन वन कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार हेरालु परिचालनसँगै स्थानीय समुदाय, सामुदायिक वन उपभोक्ता समूह तथा सरोकारवाला निकायसँगको सहकार्यलाई पनि थप प्रभावकारी बनाइनेछ। यस कार्यक्रमबाट मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण हुनुका साथै कृषि उत्पादन संरक्षणमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ।
आमुल परिवर्तन र निष्पक्षताको वाहक प्राणमञ्च डटकम नेपाली उत्पीडित श्रमजीवी वर्ग र सुदुर बस्तीका आवाजविहीन जनहरुको आवाज ओकल्ने नेपाली भाषाको डिजिटल समाचार पोर्टल हो । नेपाली समाजमा विद्यमान सबैखाले विकृति र विसंगतिलाई निर्मुल पार्दै स्वाधीन एवं समृद्ध मुलुक निर्माणको अभियानलाई टेवा पुग्ने गरि निस्वार्थ ढंगले कलम चलाउने हाम्रो अठोट छ । जीवन र जगतलाई बुझाउने हरदम कोसिस गर्दै इमानदार देशभक्तताको नैतकिवान् चरित्र बोकेर पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नु हाम्रो मुख्य दायित्व हो ।
अध्यक्ष/ संचालक:
पार्वती न्याैपाने
प्रधान सम्पादक:
पदम प्रसाद पाेख्रेल
प्राणमञ्च मिडिया प्रा.लि.द्वारा सञ्चालित
www.pranmancha.com
सम्पर्क: ९८४७९७४८४२/ ९८४०९१३८४०
ठेगाना: लमही नगरपालिका ५ लमही
pranmancha@gmail.com
सुचना तथा प्रसारण विभाग दर्ता न : ३९०७
प्रेस काउन्सिल सुचिकरण: ३८९३
© 2026 Pranmancha All right reserved Site By : Himal Creation