आज आठ संसदीय समितिको बैठक बस्दै

संघीय संसद्का आठवटा समितिको बैठक बुधबार बस्दैछ।

प्रतिनिधि सभा, अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सांसदहरुसंग छलफल गर्ने कार्यसूची छ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा माउण्ट एभरेष्ट ब्रुअरी प्रा.लि मा कार्यरत श्रमिकहरूको पारिश्रमिक सम्बन्धमा छलफल हुने भएको छ। बैठक बिहान साढे ११ बजे शुरु हुनेछ।  कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको पनि बैठक बस्ने तय भएको छ। ११ बजे बस्ने बैठकमा समितिको आगामी कार्यक्रम तथा समसामयिक विषयमा छलफल हुने संसद् सचिवालयले जनाएको छ।

महिला तथा सामाजिक मामिला समितिमा समितिको आगामी अनुगमन भ्रमण तथा कार्यक्रम सम्बन्धमा छलफल हुनेछ। राज्यव्यवस्था तथा सुशासन समितिको सवा १२ बजे बस्ने बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ माथि दफावार छलफल हुने भएको छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकको कार्यसूचीमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल गर्ने भनिएको छ। बैठक दिउँसो साढे १ बजे शुरु हुनेछ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको ४५ औँ बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा मस्यौदा प्रतिवेदनउपर छलफल गर्दा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा विद्यमान निर्वाचन प्रणाली र यसका विकल्पहरुमाथि छलफल गर्ने तय भएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation