व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्ने कार्यभार बाँकी छ – प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्ने कार्यभार भने अझै पूरा भइनसकेको बताएका छन्।

‘३०औँ ‘जनयुद्ध दिवस’को अवसरमा अध्यक्ष प्रचण्डले माओवादी संघर्षले व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्ने कार्यभार भने अझै बाँकी रहेको बताएका हुन्।दलितका अधिकारहरू संविधानतः सुनिश्चित भए पनि व्यवहारमा अझै विभेद र उत्पीडन कायमै रहेको उनको भनाइ छ।

‘महिलाहरू अझै पनि पूर्ण रूपमा सुरक्षित र स्वतन्त्र हुन सकेका छैनन्। संघीयता अझै संस्थागत भइसकेको छैन,’ उनले भनेका छन्, ‘उपेक्षित र उत्पीडित वर्गलाई राज्यको मूलधारमा ल्याउने गरी पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन।’

जनविश्वास र जनमतको सम्मानद्वारा समाज रूपान्तरणका बाँकी कार्यभार पूरा गर्ने जिम्मेवारी रहेको उनले बताएका छन्।  जनताप्रति इमानदार हुँदै, संघर्षबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गरी समाजवादी क्रान्तिको तयारीमा लामबद्ध हुने ऐतिहासिक अभिभारा आफ्नो अगाडि रहेको उनले बताएका छन्।

सुशासन र सामाजिक न्यायसहितको समृद्धिका लागि एकजुट हुन उनले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation