काँग्रेस र एमालेले चाहँदैमा संविधान संशोधन हुँदैन् – सांसद पन्त

नेकपा एमालेका सांसद रघुजी पन्तले काँग्रेस र एमालेले चाहँदैमा चाहेअनुसारको संविधान संशोधन हुन नसक्ने बताएका छन्।

शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले संविधानमा रहेका असन्तुष्टि अहिले आएर व्यक्त भइरहेको उल्लेख गरे। उनले अहिले आएर काँग्रेस र एमालेको दुई तिहाइ पुग्छ संशोधनको प्रयास शुरु गरौँ भनेर पहलकदमी भइरहेको बताए।

उनले संविधान संशोधनका स्पष्ट बुँदा बाहिर नआइसकेको पनि बताए। उनले नेपालमा अहिलेसम्म बनेका संविधान संशोधन नभईकन कुनै नबाँचेको बताए। उनले संविधानलाई बचाउन पनि संशोधन आवश्यक रहेको बताए। सरकारले ल्याएका अध्यादेशहरू राष्ट्रियसभाबाट पारित हुन जटिलता रहेको बताए।

उनले भने, ‘नेपाली काँग्रेस र एमालेलाई के लागेको छ भने दुई तिहाइ पुग्छ भने संविधान संशोधन गरौँ भन्ने छ। यद्यपि त्यसमा धेरै होमवर्क भएर संविधान संशोधनका स्पष्ट बुँदाहरू बाहिर आइसकेका छैनन् तर कतिपय कुरा संशोधन गर्न सकिन्छ भनेर लागिएको छ। समयानुसार परिवर्तन हुनुपर्छ। संविधान पनि त्यही हो। संविधान संशोधन त्यति साह्रै सहज पनि देखिरहेको छैन। काँग्रेस र एमालेले चाहँदैमा चाहेकै जसरी संविधान संशोधन अघि बढ्ला भन्नेमा प्रश्न छ। अध्यादेशकै विषयलाई लिएर राष्ट्रियसभाको कम्पोजिसनलाई लिएर कुनै पास हुने र कुनै नहुने खालको स्थिति देखिएको छ। छलफल जरुरी र संशोधनको दिशातिर सर्वसहमतिले गर्ने भन्ने हो।’

सांसद पन्तले संविधान संशोधनको बहस र छलफल आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation