एकीकृत समाजवादीकाे बैठक स्थगित

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ।

संविधान सभा सदस्य एवम् पार्टी पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएपछि बैठक स्थगित भएको पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको दोस्रो बैठक आज सुरू हुँदै थियो। पोलिटब्युरो सदस्य सापकोटाको निधन भएपछि बैठक रोकिएको हो।

उनी पार्टीको बागमती प्रदेशको सहइन्चार्जसमेत थिए। सापकोटा २०७० सालको संविधान सभा निर्वाचनमा तत्कालीन काभ्रे–४ बाट निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation