एक व्यक्ति मृत फेला, हत्य गरेको खुलासा, २ आरोपी पक्राउ

हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिरअगाडि एक युवक मृत भेटिएको प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

हातमा सुजन शाक्य नाम लेखेका ३१ वर्षीय एक युवक आज मृत अवस्थामा भेटिएका थिए। उक्त घटनामा झापाका सागर महतरा र रामेछापका सन्ताेष शंकर पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहराले आक्रमण तथा कुटपिटबाट उनको मृत्यु भएको अनुसन्धानमा देखिएपछि घटनामा संलग्न रहेको आरोपमा २ जना पक्राउ गरिएको जानकारी दिए।

उनले मृतकको शरीरमा चोटपटक पनि देखिएको जानकारी दिए। सिसी टिभी फुटेजबाट मान्छे पहिचान भएको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation