संघीय संसदका दुवै सदनको बैठक बस्दै

संघीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दैछ।  नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्नेगरी दुवै सदनका बैठक बोलाइएको छ।

प्रतिनिधिसभातर्फ तीन र राष्ट्रियसभातर्फ दुईवटा कार्यसूची निर्धारण गरिएको छ।  तर, सरकारले ल्याएका अध्यादेश निर्णयार्थ पेश गरिने विषय उक्त कार्यसूचीमा अटाएको छैन।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन २०७९/०८० पेस गर्ने  उल्लेख छ।

यस्तै, गृह मन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक ,२०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने र वनमन्त्री ऐनबहादुर शाहीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यस्तै राष्ट्रिय सभामा सचिव डाक्टर सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको विधेयकहरूका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश जानकारी गराउने र विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले नपाल कानुन व्यवसायी परिषद्  (दोस्रो संशोधन) विधेयक २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation