कुलमानलाई महावीरको सुझाव- `आफूलाई दु:ख दिने मन्त्रीकै क्षेत्रबाट चुनाव लडेर गुल्ट्याई दिनुस्´

बिहीबार सामाजिक सञ्जालमा लेख्दै पुनले आफूलाई दु:ख दिने मन्त्रीकै क्षेत्रबाट संघीय चुनावमा लडेर गुल्ट्याई दिनुस् भन्दै सुझाव दिएका हुन्। ‘आफूलाई दु:ख दिने मन्त्रीकै क्षेत्रबाट अब आउने संघीय चुनावमा लडेर गुल्ट्याई दिने आँट गर्न कुलमान घिसिङलाई सुझाव दिन्छु।’

उनले घिसिङलाई ० नम्बर दिने सचिव र सहसचिवको टोलीलाई आफूले ९९ अर्थात माइनस ९९ नम्बर दिन्छु भन्दै आक्रोश पोखेका छन्। पुनले लेखेका छन्, ‘कुलमान घिसिङलाई ० नम्बर दिने सचिव र सहसचिवको टोलीलाई मैले ९९ अर्थात माइनस ९९ (negative 99) नम्बर दिन्छु।’

पुनले त्यसता विवेकहीन कर्मचारीले देशलाई डुबाएर नेताहरूलाई पंगु बनाउने गरेको पनि उल्लेख गरेका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्यांकनमा घिसिङले शून्य नम्बर दिएको थियो। घिसिङले गएको पुस २४ गते मन्त्रालयलाई ९८.९९ अंक दाबी गरी मूल्यांकनका लागि मुख्य कार्यसम्पादन सूचकांक समेटिएको विवरण पेस गरेका थिए।

हेर्नुसोस महावीर पुनको स्टाटस

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation