उधोग वाणिज्य संघ प्युठानको अध्यक्षमा शन्देश आचार्य

२६ फागुन, प्युठान

प्यूठान उद्योग वाणिज्य संघ, प्यूठानको नयाँ कार्यसमितिमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ। संघको अध्यक्ष पदमा सन्देश आचार्य निर्वाचित भएका छन्।

त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा कृष्ण भक्त गिरि, उपाध्यक्ष (वाणिज्य) मा रामचन्द्र पौडेल, उपाध्यक्ष (उद्योग) मा गोबिन्द कार्कि, महासचिवमा झबिन्द्र शर्मा, उप-महासचिवमा पशुपति श्रेष्ठ र कोषाध्यक्षमा कुमार श्रेष्ठ चयन भएका छन्।

नयाँ नेतृत्वको कार्यकालले स्थानीय व्यवसाय, उद्यमशीलता तथा औद्योगिक प्रवर्द्धनमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ। अध्यक्ष आचार्यले स्थानीय उद्यमी तथा व्यवसायीहरूको हकहित संरक्षण गर्दै, रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

संघका पदाधिकारीहरूले व्यवसायमैत्री नीति निर्माण, आधुनिक प्रविधिको उपयोग, लगानीका अवसरहरूको पहिचान तथा व्यावसायिक नवप्रवर्तनलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।

स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्यूठान उद्योग वाणिज्य संघको पहिचान अझ मजबुत बनाउन संघको नयाँ नेतृत्व सक्रिय रहनेछ। व्यवसायिक गतिविधिहरूलाई थप व्यवस्थित गर्दै, आर्थिक समृद्धिको बाटोमा प्यूठानलाई अघि बढाउने लक्ष्य राखिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation