आज विश्व प्रेस स्वतन्त्रता दिवस !

मे ३ अर्थात् ३२ औँ विश्व प्रेस स्वतन्त्रता दिवस । ‘बलियो नयाँ युगमा रिर्पोटिङ-प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ताको प्रभाव’ नारासहित नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

यो अवसरमा नेपाल पत्रकार महासंघलगायत पत्रकार तथा पत्रकारितासंग सम्बन्धित संघसंस्थाले विभिन्न कार्यक्रम गर्दैछन्। संयुक्त राष्ट्रसंघीय संगठन युनेस्कोको आयोजनामा नामिबियाको विण्डहक शहरमा भएको पत्रकारको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको हो।

जनताको सधैँ सबै प्रकारका सूचनामा पहुँच हुनुपर्छ र पत्रकारहरूलाई आफ्नो काम गर्न सुरक्षित वातावरणमा सरकारले सहयोग गर्नुपर्छ भन्ने बुझाउन पनि यो दिवस मनाउन थालिएको हो। संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी गरे पनि नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७३ वटा घटना भएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation