करेन्ट लागेर एक महिलाको मृत्यु

बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

सोमबार जिल्लाको पाटन नगरपालिका–७ दनखोलाकी ५४ वर्षीया पार्वती भट्टको मृत्य भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए।

जंगली जनावर मार्नका लागि मकैबारीमा थापेको विद्युतीय पासोमा परेर करेन्ट लागेर पार्वतीको मृत्यु भएको हो। पार्वतीलाइ करेन्ट लागेको आफन्तले खबर गरेपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो।

मृतक भट्टको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र राखिएको प्रहरी निरीक्षक पाण्डेयले बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation