नौबहिनी ५ अन्तर्गत साउनेपानीमा आज दिउँसो एक घरगोठमा आगलागी हुँदा ठूलो क्षति

२० चैत, प्युठान
नौबहिनी गाउँपालिका वडा नम्बर ५ अन्तर्गत पर्ने गावै साउनेपानीमा आज दिउँसो एक घरगोठमा आगलागी हुँदा ठूलो क्षति भएको छ। स्थानीय किम्मत झाक्रीको घरगोठमा लागेको आगोले भित्र रहेका सम्पूर्ण सरसामान तथा अन्नपात जलेर नष्ट भएको छ।
स्थानीयका अनुसार अचानक लागेको आगलागीले छोटो समयमै विकराल रूप लिएको थियो। आगो निभाउने प्रयास भए पनि घरगोठ पूर्ण रूपमा जलेर ध्वस्त भएको बताइएको छ। घटनामा मानवीय क्षतिको विवरण भने भएको भएको छैन ।
आगलागीको कारण खुल्न बाँकी रहेको छ भने स्थानीयवासी तथा सम्बन्धित निकायले क्षतिको मूल्याङ्कन गर्ने काम गरिरहेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
स्थानीयस्तरमा राहत तथा सहयोगको आवश्यकता देखिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation