संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न पुगे राष्ट्रपति

२७ चैत, काठमाडौं

राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न पुगेका छन् । सिंहदरबारस्थित प्रतिनिधिसभा बैठकको हलमा राष्ट्रपति पौडेलले केहीबेरमा सम्बोधन गर्ने कार्यक्रम छ ।

जसका लागि पौडेल संसद् भवन पुगेका हुन् ।

आज मध्यरात १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य हुन लागेको हो ।

चैत २४ गतेको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको अधिवेशन अन्त्य गर्ने निर्णय गरिसकेका छन् ।

त्यसअघि उनले संसद् बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation