१५ असार, काठमाडौं
कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले ८ लाख र काठमाडौंमा जग्गा नदिए खुकुरी लिएर सिंहदरबार छिर्ने, हत्यासम्म गर्ने प्रकृतिको अभिव्यक्ति दिएका थिए ।
















