बेल्जियम र इङ्ल्यान्डको शानदार पुनरागमन, दुवै टोली अन्तिम १६ मा

 

१८ असार, काठमाडौं

फिफा विश्वकप २०२६ मा गएरुाति  खेलहरू निकै नाटकीय र रोमाञ्चक बने।  बेल्जियम र इङ्ल्यान्ड दुवै टोली पछि परेको स्थिति उल्टाउँदै अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन्।

सिएटलमा भएको खेलमा बेल्जियमले सेनेगलविरुद्ध २–० ले पछि परेको अवस्थालाई उल्टाउँदै ३–२ को सनसनीपूर्ण जित हात पारेको छ।

खेलको २५औँ मिनेटमा हबिब डियारा र ५१औँ मिनेटमा इस्माइला सारले गोल गर्दै सेनेगललाई बलियो अग्रता दिलाएका थिए। तर, खेलको अन्त्यतिर बेल्जियमले चमत्कारिक प्रदर्शन गर्यो। ८६औँ मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै टोलीलाई खेलमा फर्काए भने ८९औँ मिनेटमा युरी टिलेमान्सले हेडमार्फत बराबरी गोल गरे।

अतिरिक्त समयको अन्तिम मिनेट १२०ंं५ मा टिलेमान्सले पेनाल्टीमार्फत गोल गर्दै बेल्जियमलाई अन्तिम १६ मा पुर्‍याए।

इङ्ल्यान्डको कठिन जित

एट्लान्टामा भएको अर्को खेलमा इङ्ल्यान्डले कंगो डी।आर।विरुद्ध २–१ को मुस्किल जित निकालेको छ। खेलको सातौँ मिनेटमै ब्रायन सिपेङ्गाले गोल गर्दै कंगोलाई सुरुवाती अग्रता दिलाएका थिए।

लगभग ७५ मिनेटसम्म पछि परेको इङ्ल्यान्डका लागि कप्तान ह्यारी केनले उद्धार गरे। ७५औँ मिनेटमा एन्थोनी गोर्डनको क्रसलाई सदुपयोग गर्दै केनले बराबरी गोल फर्काए भने ८६औँ मिनेटमा उत्कृष्ट प्रहार गर्दै व्यक्तिगत दोस्रो गोलका साथ टोलीलाई जित दिलाए।

बेल्जियम ः आगामी ६ जुलाईमा सिएटलमा अमेरिका वा बोस्निया एन्ड हर्जगोभिनासँग भिड्नेछ।

इङ्ल्यान्डः  आगामी ५ जुलाईमा मेक्सिको सिटीमा सह(आयोजक मेक्सिकोसँग अन्तिम १६ को खेल खेल्नेछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation