कर्णालीमा खस्यो बस, एक जनाको शव फेला

१८ असार, काठमाडौं

दैलेखमा कर्णाली नदीमा यात्रुबाहक बस खसेको छ । सुर्खेतबाट कालीकोट जाँदै गरेको क.प्र. ०२-००१ ख १०५५ नम्बरको गाडी साढे ११ बजेतिर चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ कर्णाली राजमार्गको साङगेतरास्थित कर्णाली नदीमा खसेको हो ।

सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बसमा कतिजना सवार थिए भन्ने अझै खुलेको छैन ।

दुर्घटनामा एक जनाको शव फेला परेको छ। भिरमा अड्किएको अवस्थामा एउटा शव भेटिएको र उक्त शव निकाल्ने प्रयास भइरहेको थापाको भनाइ छ ।

बस सडकबाट ६ सय मिटर तल कर्णाली नदीमा खसेको प्रहरीको भनाइ छ ।

दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलबिद्युत आयोजना सुरक्षा बेश र प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली खटिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation