दर्जनौं छोराछोरीको बलिदानि
हजारौं छोराछोरी जेल
लाखौं झुठो मुद्दा
दलाल पुँजिबादको बुथ कब्जा गरेर
बन्दुक बोक्न
जनताले खुलेआम खसाएको मत थियो
एकीकृत जनक्रान्ती
तपाईलाई कस्तो खालको भोट चाहियो ?
जनताले लड भनेर बन्दुक थमाएको याम
तपाई बाटो पुल धारो
एमसिसी र आरसिसि बोकेर
संसदवादीहरुसँग अगालो हालेर
गाउँ नछिर्नुस
प्रिय कमरेड
बाटो धारो र पुल त
दलाल पुँजिबादले पनि बनाउँछ
क्रान्तिकारीहरुले त
समाजवादको बाटो खन्ने हो
कठोर संघर्षवाट
सचेत प्रतिरोधबाट
बस्तिले बन्दुकमा मत संधै खसाउदैन
जनताको मतको कदर गरौं !
बि पि बिद्रोही २०७९/०१/१२