लेनिनकाे कृति “धर्म” बारे भाेलि सर्वाेदयमा बहस हुने

२ असोज, दाङ

लेनिन स्मृति शतवार्षिकी समिति केन्द्रीय समितिले देशभर लेनिनकाे विषयमा विचार, अन्तरक्रिया, गाेष्ठी तथा सेमिनारहरु गरिरहेकाे सन्दर्भमा घाेराहीमा पनि शतवार्षिकी समिति दाङले पनि विभिन्न बहसका कार्यक्रम गरिरहेकाे छ ।

रुसी अक्टोबर क्रान्तिका नायक एवम् आधुनिक रुस निर्माणकाे जग बसालेका लेनिनकाे २१ जनवरी १९२४ मा मृत्यु भएको थियाे ।

भाेलि हुने कार्यक्रममा धर्म के हो र के होइन ?, धर्मबारे लेनिनका विचारहरु के थिए ?, आजको समयमा धर्म कुन रुपमा अस्तित्वमा छ ? लगायतका विषयमा असाेज २ गते दिउसाे ३ बजेदेखि छलफल गरिने भएको लेनिन स्मृति शतवार्षिकी दाङका संयाेजक प्रमाेद धितालले जनाएका छन् ।
भाेलि हुने बहस कार्यक्रममा सराेकारवाला सबैलाई उपस्थिति हुन आयाेजक समितिले अपिल गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation