अर्फिकादेखि नेपालसम्मको लागु औषधको अपराधिक जालो प्रहरी नियन्त्रणमा

४ किलो लागुऔषध हेरोइनसहित प्रहरीको लागुऔषध ब्युरोले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमध्ये दुईजना विदेशी र एकजना नेपाली नागरिक रहेका छन्। पक्राउ पर्नेमा दक्षिण अफ्रिकन नागरिक पासपोर्ट नम्बर ए ०९८७९५७२ बाहक ६१ वर्षीय ज्याक एन्टोन इंगेलबेरच्ट, भारतीय नागरिक जोथानत्लुअंगी र नेपाली नागरिक सुकेश तामाङ रहेका छन्।

ओसारपसारमा संलग्न इंगेलबेरच्टलाई प्रहरीले साउन ३२ गते ठमेलस्थित एक होटेलबाट पक्राउ गरेको थियो। पक्राउ परेका तामाङ ट्याक्सीचालक हुन्। ब्युरोका अनुसार असार ३१ गते साउथ अफ्रिकाको जोहान्सबर्गबाट दुबई हुँदै नेपाल आएका अफ्रिकन नागरिक इंगेलबेरच्टको गतिविधि शंकास्पद लागेपछि प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उनलाई निगरानी गरेको थियो। निगरानी गर्ने क्रममा ठमेलस्थित इंगेलबेरच्ट बस्ने एक होटेलको कोठाबाट प्रहरीले असार ३२ गते सुटकेसभित्र उक्त लागुऔषध बरामद गरेको थियो।

सो लागुऔषध भारत लैजाने तयारीमा राखिएको थियो। भारत लैजानको लागि भारतीय नागरिक जोथानत्लुअंगी काठमाडौं आएकी थिइन्। उक्त लागुऔषध भारत लैजानको लागि सहयोगीको भूमिकामा ट्याक्सीचालक तामाङ पनि सहभागी थिए। ब्युरोले तामाङको बा २ ज ५६५५ नम्बरको ट्याक्सीसहित उनलाई पनि नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation