पुष्कर पन्थ सुनार साउन १०, सल्यान ।
सल्यानको कुपिण्डे तालमा टिकटक बनाउने क्रममा चिप्लिएर एकजना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा दाङ तुलसीपुर ६ का अन्दाजी ३६ वर्षका वेद बहादुर बस्नेत रहेको अस्थायी प्रहरी चौकी बाबियाचौरले जनाएको छ ।
मंगलबार बिहान साथीसँगै उनी कुपिण्डे ताल घुम्न आएका थिए ।
तालको छेउमा उभिएर टिकटक बनाउने क्रममा मध्यान्ह साढे १२ बजे चिप्लिएर खसेको बाबियाचौरका प्रहरी सायक निरिक्षक सनत शाहले जानकारी दिए ।
बेपत्ता भएका बस्नेतको अहिले खोजिकार्य भैरहेको छ ।