नेपाल नर्सिङ संघको २०औँ केन्द्रीय कार्यसमितिका लागि निर्वाचनबाट प्राध्यापक चन्द्रकला शर्मा नेतृत्वको समूहको प्यानल नै विजयी भएको छ ।
केहीबेर अघि सम्पन्न मतगणनामा शर्मा नेतृत्वको समूहले गंगा थापा नेतृत्वको अर्को समूहलाई पराजित गरेको हो ।
अध्यक्ष पदमा शर्माले २१५० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी बनेकी थापाले १३७० मत मात्रै प्राप्त गरिन्।
यस्तै अध्यक्ष पदको अर्को उम्मेद्धार बसन्ती थापाले २८२ मत मात्रै प्राप्त गरिन् ।