Pranmancha

Advertisment

SKIP THIS

भारतलाई हराउँदै अष्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा

पाहुना टोली भारतलाई पाँचौ टेस्टमा पराजित गर्दै अस्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनसिप (डब्लुटिसी) को फाइनल प्रवेश गरेको छ।

आइतवार सिड्नी टेस्टमा भारतलाई ६ विकेटले पराजित गर्दै जुनमा इङ्ग्ल्याण्डमा आयोजना हुने डब्लुटिसी फाइनलका लागि छनोट भएको हो।

फाइनल पुग्ने अस्ट्रेलिया दोस्रो टोली बनेको छ। यसअघि दक्षिण अफ्रिकाले फाइनलमा पुगिसकेको छ।

१ सय ६२ रनको लक्ष्य अस्ट्रेलियाले ४ विकेट गुमाएर पूरा गर्यो। अस्ट्रेलियाका लागि उस्मान ख्वाजाले सर्वाधिक ४१ रन जोडे।

बेयु वेबस्टर र ट्राभिस हेड नट आउट रहे। बेयुले ३९ तथा हेडले ३४ रन जोडे । साम कन्स्टास २२ तथा स्टिभ स्मिथ ४ रनमा आउट भए।

भारतले पहिलो इनिङ १ सय ८५ र दोस्रो इनिङमा १ सय ५७ रन बनाएको‌ थियो। अस्ट्रेलियाले पहिलो इनिङमा १ सय ८१ रन बनाएको थियो।

अस्ट्रेलियाले यो जितसँगै बोर्डर गावास्कर ट्रफी ३–१ ले आफ्नो पक्षमा पार्दै डब्लुटिसीको फाइनल पुगेको हो।

हारपछि भारत डब्लुटिसीको फाइनल दौडबाट बाहिरिएको छ। पहिलो टेस्टमा भारत २ सय ९५ रनले विजयी हुँदा दोस्रो टेस्ट अस्ट्रेलियाले १० विकेटले जितेको थियो। तेस्रो टेस्ट बराबरीमा सकिदा चौथो टेस्ट अस्ट्रेलियाले जितेको थियो

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation