दस वर्षे जनयुद्ध तथा एकीकृत जनक्रान्ती निरन्तर नेतृत्व दायी भुमिका निर्वाह गरेका लाेकमान खत्रीको अाज दाहसंस्कार सम्पन्न भएको छ। दाहसंस्कार मा पार्टीका नेता कार्यकर्ता अाफन्त परिवारजनकाे उपस्थिति रहेको थियोे । अन्तिम दाहसंस्कार मा श्रद्धाञ्जली दिदै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य शितलले मृतक कमरेड लाेकमान याे देश काे निम्ति विशिष्ट याेगदान रहेको उहाँको सपना समतामूलक समाज र वैज्ञानिक समाजवाद काे लक्ष्य पूरा नभएको त्यो सपना पूरा गर्ने हाम्रो पार्टी प्रतिवद्द छ ,त्यसमा परिवारजनकाे पनि सहयोग रहने अपेक्षासहित श्रद्धाञ्जली अर्पण गर्नुभयो । पार्टीका केन्द्रीय सदस्य शितल र सविन सम्पुर्ण नेता कार्यकर्ताले राताे झन्डा सहित अन्तिम सलामी दिएका छन। साउन १९ मा मृत भेटिएपछि पाेष्टमार्टपछि साउन २० गते शुक्रबार उनको जन्मस्थान छत्रेश्वरि ४ मा दाहसंस्कार गरिएको हाे ।
अनुसन्धानका लागि एक पक्राउ
नेत्रविक्रम चन्द `विप्लव´ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानका नेता लाेकमान खत्री मृत्यु प्रकरणमा एकजना पक्राउ परेका छन् ।
खत्री मृत फेला परेको अघिल्लो दिन दिउँसो लोकपाल सँगै रहेका उनका साथी टोप बहादुर खत्री विरुद्ध परिवारले किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
छत्रेश्वरी गाउँपालिका–४ झिम्पे ठूलीखर्क घर स्थायी ठेगाना भएका लोकपाल केसी बिहीबार बागचौर नगरपालिका–१० मोखला नजिकै मृत फेला परेका थिए । घटनास्थलकाे प्रकृति अनुसार प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट लडेर मृत्यु भएको अनुमान गरेपनि मृतक केसीका छाेराले किटानी जाहेरी प्रहरीलाई दिएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
मृतक केसीका छाेरा लोकेश कुमार केसीले दिएकाे जाहेरी अनुसार साउन १८ गते अर्थात बुधबार दिउँसो आफ्नो बुबा संगै थारमारे बजारमा संगै बसि मदिरा सेवन गरि मोखला बजार तर्फ जाने भनि संगै हिडेका टोप बहादुर खत्रीले कर्तब्य गरि मारेको शंका लागेकाे भन्दै किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालले बताए।
जाहेरीपछि टोप बहादुरलाई पक्राउ गरि कर्तब्य ज्यान मुद्दा शिर्षकमा मुद्दा दर्ता गरि जिल्ला अदालत सल्यानबाट कर्तब्य ज्यान मुद्दामा पाँच दिनकाे म्याद थप गरि थप अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक खनालले बताए।