घोराहीमा जन्मदेखि मृत्युसम्मका संस्कारबारे विमर्श हुँदै

३० माघ, घोराही

दाङको घोराईमा आउँदो शनिबार जन्मदेखि मृत्युसम्मका संस्कारबारे एक महत्वपूर्ण विमर्श आयोजना हुन लागेको छ।

“समाज रूपान्तरणका लागि: सबै सँधै र सँगै” भन्ने मूल मन्त्रका साथ विगत एक दशकदेखि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको उदाहरण समूह, नेपाल र प्राणमञ्च राष्ट्रिय मासिकले संयुक्त रूपमा यो कार्यक्रम आयोजना गर्दैछन्।

कार्यक्रमका प्रमुख वक्ताहरूमा बाम विश्लेषक र बौद्धिक व्यक्तित्व शसिधर भण्डारी, रिता सुवेदी र जनक सी हुनुहुनेछ। साथै, विमर्शको सहजीकरण उदाहरण समूहका अभियन्ता घनश्याम अस्तित्वले गर्नुहुने भएको छ ।

कार्यक्रम सर्वोदय पुस्तकालय, निमाहल रोड स्थित पुस्तकालयको हलमा दिउँसो १ बजे सुरु हुनेछ, जसमा सबैलाई सहभागी हुन हार्दिक अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation