मुलुक सामाजिक सुरक्षाको पासोमा पर्ने जोखिम : सांसद अर्याल

४ फागुन, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सामाजिक संरक्षणलाई समयमै योगदानमा आधारित गर्न नसके मुलुक सामाजिक सुरक्षाको पासोको जोखिममा पर्नसक्ने निश्चित भएको बताएका छन्।

आइतवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले बजेटको ठूलो हिस्सा भत्तामा जाने गरेको उल्लेख गर्दै सामाजिक सुरक्षाको मुद्दा झनै पेचिलो हुँदै गएको बताएका हुन्। उनले चालू आर्थिक वर्षको बजेटको १५ प्रतिशत रुपैयाँ भत्तामा खर्च भइरहेको उल्लेख गर्दै उनले यसले नयाँ पुस्तालाई उत्प्रेरित नगर्ने जिकिर गरे।

न्यूनतम पारिश्रमिक र प्रभावकारी सामाजिक सुरक्षा अभावमा लाखौँ युवाशक्ति विदेशिन बाध्य रहेको उनको भनाइ छ। उनले २०७४ सालमा बनेको योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको प्रभावकारी कार्यान्वयन गर्न सकेको भए लाखौँ नागरिकलाई सुरक्षित स्वास्थ्य सेवा र सुरक्षित प्रत्याभूति दिन सकिने भए पनि अब त्यस्तो अवस्था नरहेको बताए।

अर्यालले भने‚  ‘नगद हस्तान्तरणमा आधारित समाजिक संरक्षणलाई समयमै योगदानमा आधारित गर्न सकिएन भने अबको २० वर्षमा हाम्रो मुलुक सामाजिक सुरक्षाको पासोको जोखिममा पर्नसक्ने निश्चित जस्तै छ। बजेटको ठूलो हिस्सा यस्तै भत्तामा जान्छ। चालू बजेटमै पनि झन्डै पन्ध्र प्रतिशत पुगेको छ। यसबारे हामीले सोचका छौँ कि छैनौँ के यसले काम गर्ने नयाँ पुस्तालाई उत्प्रेरित गरिरहेको छ त ?’ 

सामाजिक सुरक्षाकोषको आबद्धता स्वेच्छिक हुन नसक्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation