रोल्पामा खुल्यो अर्को नमुना क्याम्पस !

देशभर उच्च शिक्षाका लागि  विद्यार्थीहरुको खडेरी परिरहेको अवस्थामा रोल्पामा अर्को नमुना क्याम्पस खुलेको छ।

त्रिभुवन विश्वविद्यालय बाट सम्बन्धन प्राप्त गरि जनसमुदाय स्तरबाट रोल्पाको परिवर्तन गाउँपालिका-५ भैसीकोट बागमारामा संचालनमा आएको रोल्पा नमूना क्याम्पसको उद्घाटन नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले गरेका हुन् ।

नमूना क्याम्पस व्यवस्थापन समितिको आयोजनामा शनिबार एक औपचारिक कार्यक्रमको बीच बागमारामा उद्घाटन गरिएको हो ।

रोल्पा नमूना क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष गोपाल बहादुर केसीको अध्यक्षतामा भएको उक्त क्याम्पस उद्घाटन कार्यक्रमको नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लबको प्रमुख आतिथ्यता रहेको थियोे ।

त्रिभुवन विश्वविद्यालयका योजना निर्देशनालयका निर्देशक प्राध्यापक डाक्टर लक्ष्मीकान्त शर्मा,नेकपा स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका इन्चार्ज सन्तोष बुढा मगर र लुम्बिनी प्रदेशका सांसद दिपेन्द्र कुमार पुनको विशिष्ट आतिथ्यता रहेको थियोे ।

नेकपाका केन्द्रिय सदस्यहरु,परिवर्तन गाउँपालिका विभिन्न क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,जनप्रतिनिधि,विभिन्न क्याम्पस प्रतिनिधि,विभिन्न विद्यालयका प्रधानाध्यापक,आमा समूह,पैसरु समूह तथा मयुर नाच समूह लगायतको सहभागिता तथा आतिथ्यता रहेको थियोे ।

रोल्पा नमूना क्याम्पस व्यवस्थापन समितिका सदस्य हिरालाल खड्काको स्वागत मन्तव्यबाट सुरु भएको क्याम्पस उद्घाटन कार्यक्रममा नेकपाका महासचिव नेत्र विक्रम चन्द,त्रिभुवन विश्वविद्यालयका योजना निर्देशनालयका निर्देशक प्राध्यापक डाक्टर लक्ष्मीकान्त शर्मा,नेकपा स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका इन्चार्ज सन्तोष बुढा मगर,लुम्बिनी प्रदेशका सांसद दिपेन्द्र कुमार पुन,अखिल समाजवादीका केन्द्रिय अध्यक्ष नरेन्द्र नेपाली,नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका सदस्य हित कुमारी बुढा मगर,नेपाली कांग्रेस रोल्पाका पूर्व जिल्ला सचिव झक्कु प्रसाद घर्ती,नेकपा एमाले परिवर्तन गाउँपालिका उपाध्यक्ष तिल बहादुर पुन,ऐरावती क्याम्पस लालमटिया दाङका उप(प्राध्यापक चन्द्र प्रकाश वली,परिवर्तन गाउँपालिका प्रवक्ता तथा २ का वडा अध्यक्ष हरिप्रसाद बुढा मगर र भुमे गाउँपालिका(९ का वडा अध्यक्ष विनोद बुढा मगरले शुभकामना मन्तव्य राख्नु भएको थियोे । क्याम्पस २०६५ सालमा स्थापना भएको र २०८१ देखि सञ्चालन आएको बताइएको छ ।

बोल्ने अतिथीहरुले क्याम्पस स्थापना र सञ्चालन हुन सामान्य कुरा नभएको बताएका छन् । धेरै व्यक्तिको संघर्ष,योगदान र मेहनतले गर्दा आज पश्चिम रोल्पामा क्याम्पस सञ्चालनमा आउन सफल भएको उद्घोष समेत गरेका छन् । क्याम्पस सञ्चालन गर्न चुनौती भएको बताउदै सबै निकायले आ(आफ्नो क्षेत्रबाट साथ सहयोग गर्न र जोडिनुपर्ने कुरामा जोड दिएका छन् ।

रोल्पा नमूना क्याम्पसमा पहिलो सेमेस्टरको भर्ना कार्यक्रममा करिब ८५ जना विद्यार्थी सहभागी भएको क्याम्पस प्रशासनले जनाएको छ । क्याम्पस उद्घाटन कार्यक्रमको सञ्चालन रोल्पा नमूना क्याम्पस व्यवस्थापन समितिका सचिव अनिल केसीले गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation