´प्रजातन्त्रकाे` सट्टा “गणतन्त्र”को चेतना अभिवृद्धि गराैँ

२००७ सालको राजनीतिक परिवर्तन तात्कालीक अग्रगामिता थियो। यद्यपि यस परिवर्तनको निम्ति शहादत दिनेहरू महान थिए ।
वर्तमान संग तुलना गर्ने हो भने ००७ सालको परिवर्तनको अन्तर्य पुरानो हो । नेपालको हकमा ‘प्रजातन्त्र’ ठिकै भनिएको हो । ‘प्रजा’ अर्थात् राजाको अधीनका रैती । ज्ञानेन्द्र शाह यसै कारण ००७ सालको ‘प्रजातन्त्र’ को रटान गरि रहन्छन्। यस अर्थमा प्रजातन्त्र त ‘लोकतन्त्र’को चेतना भन्दा पनि एक पाइला पछाडीको चेतना हो।

नेपाललाई आवश्यक छ, वास्तविक अर्थमा जन सर्वोच्चताको गणतन्त्र, तर अहिले छ, दलाल तथा नोकरशाही पुँजीपति वर्गको वर्चस्वको गणतन्त्र। त्यसैले यसको विकास जनताको गणतन्त्र अर्थात् समाजवादी जनगणतन्त्रमा हुनुपर्ने दृष्टिकोण सही दृष्टिकोण हो ।

ज्ञानेन्द्र गणतन्त्रको संचालकहरुको कमजोरीको निहुँमा प्रजातन्त्रको रोइलो गरिरहेका छन्। राजतन्त्रको अवशेषहरूले प्रजातन्त्रको रोइलोमा साथ दिनुको कारण त बुझ्न सकिन्छ । यो उनीहरुको गुमेको स्वर्गको संस्मरण हो । तर यस रोइलोमा केही युवा पुस्तापनि भ्रमित हुनु विडम्बनायुक्त छ ।
राज्यसत्ताले पनि गणतन्त्रको चेतनाभन्दा प्रजातन्त्रमा नै बढी तामझाम देखाई रहेका छन्। ज्ञानेन्द्र जसरी वर्तमान गणतान्त्रिक सम्बिधानको प्रस्तावनाको मर्म विपरीत राजतन्त्रको निम्ति जनतालाई उक्साई रहेका छन्, वर्तमान राज्यसत्तामा गणतान्त्रिक सचेतता र दृढता भएको भए ज्ञानेन्द्र खोरमा हुन्थे । गणतन्त्र जनताको व्यवस्था हो, यस्मा कुनै राजा हुँदैन । ज्ञानेन्द्र यस सम्विधान बमोजिम नेपालका नागरिक हुन् । उनले अन्य नागरिक सरह राजनीति गर्न पाउँछन्। तर जुनसुकै नाममा होस, यस गणतन्त्रमा राजतन्त्रको वकालत गर्ने छूट उनलाई हुनुहुँदैन।
यो नयाँ नेपाल हो । दुर्गानन्द, , आजाद, रामवृक्ष,लगायत जनआन्दोलन, जनयुद्ध र मधेश आन्दोलनका हजारौं शहिदहरु र नेपाली जनताको अथक संघर्षको प्राप्ति हो यो संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल।
निश्चय नै यो अहिले अधुरो छ, यस्मा थुप्रै कमजोरीहरु छन् । तर यस निहुँमा यसलाई पछाडी फर्कने छूट छैन। यसको सही विकास जनगणतन्त्र हो । विचार गरौँ ।
अग्रगमनका सबै महान शहिदहरु प्रति श्रद्धाञ्जली ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation