अध्यादेश कुनै हालतमा पास हुन दिँदैनौँ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइका सरकारले ल्याएको अध्यादेश कुनै हालतमा पास नहुने बताएका छन्। अध्यादेश ल्याउनु अलोकतान्त्रिक अभ्यास भएको टिप्पणी गर्दै केही अध्यादेश कुनै हालतमा पास नहुने बताएका छन्।

नेपालगञ्ज विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दुई तिहाइको अहंकार गर्ने सरकारले सदन खुल्नुअघि नै अध्यादेश ल्याउनु गलत भएको टिप्पणी गरे। तर, सरकार अनेक हत्कण्डा अपनाएर पास गर्न लागिपरेको उनले बताए।

अध्यक्ष प्रचण्डले अध्यादेश पास गराउन करोडौँको चलखेल हुन थालेको आफूले सुनेको बताए। ‘अध्यादेश त पास हुने स्थिति मैले देखेको छैन। राष्ट्रियसभामा जसरी गएको छ त्यो हेर्दा पास हुने स्थिति छैन’, उनले भने, ‘ अनेक हत्कण्डा अपनाएर पास गरेको भन्ने सुनिन्छ। करोडौँको चलखेल हुन थालेको छ भन्ने कुरा पनि आएको छ। तर जे जे भए पनि अध्यादेश पास हुने स्थिति छैन। केही अध्यादेश त पास हुँदैनन् नै।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation