घोराहीमा एमाले वडाध्यक्षद्वारा प्रधानाध्यापक माथि कुटपिट

२९ फागुन, दाङ

दाङको घोराहीमा एमाले वडाध्यक्षद्वारा विद्यालय प्रधानाध्यापक माथि कुटपिट भएको छ ।

घोराही उपमहानगरपालिका-१४ स्थित श्री उ.मा.वि. शुभ प्रभात स्कुलको विद्यालय व्यवस्थापन समितिको बैठकमा विवाद उत्पन्न भएपछि विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट भएको छ।विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि तेस्रो पटक बोलाइएको भेलामा सोही वडाका एमाले वडा अध्यक्ष भानसिङ बुढाले आफ्नै पार्टीका व्यक्ति अध्यक्ष बन्नुपर्ने माग राखेका थिए।

उपस्थिति अभिभावकहरूको बहुमत नपुगेपछि वडा अध्यक्ष बुढाले आफ्नो पक्षका व्यक्तिहरूलाई फर्जी हस्ताक्षर गर्न लगाएर बहुमत देखाउने प्रयास गरेका थिए। तर प्रधानाध्यापकले सो कार्य अस्वीकार गरेपछि वडा अध्यक्षले उनलाई हातपात गरेका हुन् । त्यसपछि वडा अध्यक्षसँगै आएका व्यक्तिहरूले प्रधानाध्यापकलाई निर्घात कुटपिट गरी घाइते बनाएका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation