माओवादी कार्यालयमा शिक्षकहरूको धर्ना

शिक्षक महासंघले नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा धर्ना दिएको छ ।

शुक्रबार चौथो दिनको धर्नाअन्तर्गत महासंघले नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा धर्ना दिएको हो ।

अब नेपाली शिक्षक, कर्मचारीहरु अन्तिम चरणको आन्दोलनमा रहेको र चैत्र २० गतेसम्म पनि सरकारले विगतका सबै सहमति सम्बोधन हुनेगरी विद्यालय शिक्षा ऐन जारी नगरे अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी दिए ।

धर्ना कार्यक्रमपछि रिले अनसनमा जाने र चैत्र २० गतेपछि अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी शिक्षकहरूको छ ।

सरकारलाई चाँडो भन्दा चाँडो विगतमा भएका सबै सहमति कार्यान्वयन गरेर विद्यालय शिक्षा ऐन ल्याउन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation