भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बिहीबार साँझ मृत भेटिएकी नेपाली वीरगञ्ज निवासी प्रिशा शाह भएको खुलेको छ ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर, एसएसपी सञ्जीव शर्मा दासले घटनाको पुष्टि गरे । उनले भुवनेश्वर प्रहरीसँगको कुराकानीलाई उद्धृत गर्दै शर्माले बिहीबार बेलुकी करिब ८ बजेतिर उनी कोठामा झुण्डिएको अवस्थामा फेला परेको जानकारी गराएका छन् ।
कन्सुलर एसएसपी शर्माका अनुसार, घटनाको अनुसन्धान सुरु भइसकेको छ ।
मृतक शाहको घरबाट परिवार नआउन्जेलका लागि पोस्टमार्टम नगर्नेगरी शव सुरक्षित गरिएको उनले बताए ।
‘अहिले हामी अनुसन्धान गरिरहेका छौं, घरबाट मान्छे नआउन्जेल पोस्टमार्टम गर्दैनौं भनेर भनेका छौं,’ भूवनेश्वर प्रहरीले नेपाली दूतावाससँग भनेको छ ।