राप्रपाको कारबाहीमा परेका उपाध्यक्ष गिरीले दिए निर्वाचन आयोगमा उजुरी

४ साउन, काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कारबाहीमा परेका उपाध्यक्ष मुकुन्दश्याम गिरी निर्वाचन आयोगमा पुगेका छन् ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अवैधानिक रुपमा पार्टीको उपाध्यक्ष र केन्द्रीय सदस्यबाट पदमुक्त गरेको भन्दै गिरीले आयोगमा उजुरी दिएका हुन् ।

महामन्त्री डा धवलशम्शेर राणालगायत आफू पक्षका नेता तथा कार्यकर्ताको साथमा आयोग पुगेर उनले उजुरी गरेका हुन् ।

पार्टीलाई प्रक्रियागत र विधान अनुसार चलाउन माग गर्दा अवैधानिक रुपमा कारबाही गरिएको भन्दै गिरीले आयोगसम्म पुगेको प्रतिक्रिया दिएका छन् ।

गिरीलाई गरिएको कारबाही फिर्ता लिन राप्रपाकै इतर समूह र कर्णालीबाट प्रतिनिधित्व गर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरुले अपीलसमेत गरेका छन् ।

यसअघि अनुशासन समिति संयोजकबाट हटाइएका नवराज सुवेदी पनि कारबाही अवैधानिक भएको भन्दै निर्वाचन आयोग पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation