एकैदिन यी ३ जिल्लामा भूकम्पको धक्का महसुस

एकैदिन ३ जिल्ला सिन्धुपाल्चोक, गोरखा र दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको छ।
मङ्गलबार राति ११ बजेर २३ मिनेट जाँदा सिन्धुपाल्चोकको तारामराङ आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर चार म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

मङ्गलबार बिहान ६ बजेर १५ मिनेटमा गोरखाको अजिकोट–३ हंशपुरलाई केन्द्रबिन्दु बनाएर चार म्याग्निच्यूडको भूकम्प गएको थियो ।

त्यस्तै मङ्गलबार दिउँसो ३ बजेर १३ मिनेटमा दोलखाको लापिलाङ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर चार दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

नेपालमा पछिल्लो समय ससना रेक्टरस्केलका भूकम्प जाने क्रम जारी रहेको छ। नेपाल हिमालय क्षेत्र भएका कारणले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ।

भूकम्पको धक्का सिन्धुपाल्चोक, गोरखा र दोलखा लगायत आसपासका जिल्लाहरूमासमेत महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation