झापामा एक व्यक्तिको हत्या !

२६ भदौ, झापा

झापामा एक व्यक्तिको हत्या भएको छ। मेचीनगर-७ गैरीगाउँका ५० वर्षीय नारायण ज्ञवालीले दुवागढीका ४० वर्षीय फौमोदिन मोहमदको हत्या गरेका हुन्। उनको घटनास्थलमै मृत्यु भएको थियो।

प्रहरी नायव उपरीक्षक खड्काका अनुसार बुधबार राति घरमा श्रीमती ३७ वर्षीया सुजाता ज्ञवालीसँग मोहमदलाई भेटेपछि नारायणले मोहमदको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मोहमदको हत्या गरेपछि ज्ञवालीले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी निरीक्षक राजकुमार कार्कीको नेतृत्वमा गएको टोलीले सुजातालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation