श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

 

११ चैत, महोत्तरी

महोत्तरीमा श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन् ।

३७ वर्षीया अनिता देवी सदाको हत्या गरेको अभियोगमा भंगाहा नगरपालिका–९ हरिहरपुर बस्ने औराही नगरपालिका–२ चेपकट घर भएका ४२ वर्षीय वीरेन्द्र सदालाई प्रहरीले पक्राउ गरेको हो ।

केन्द्रीय समाचार कक्षका अनुसार, बुधबार बिहान सदालाई पक्राउ गरिएको हो ।

वीरेन्द्रले अनिताको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कञ्चनबनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation