बान्ता भएपछि पूर्वमन्त्री खड्का अस्पताल भर्ना

१६ चैत, काठमाडौं

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन्।

सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न प्रहरीले खड्कालाई आइतबार बिहान नियन्त्रणमा लिएको थियो।

राति उनलाई वान्ता भएपछि सोमबार विहान ३ बजे त्रिवि शिक्षण अस्पताल महाराजगंज पुर्‍याइएको थियो। अस्पताल स्रोतका अनुसार अहिले उनलाई भर्ना गरेर चिकित्सकको निगरानीमा राखिएको छ।

उनलाई आइतबार नै काठमाडौं जिल्ला अदालतले थप अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

गृह मन्त्रालयका अनुसार खड्काविरूद्ध भदौ २४ गते उनको घरमा जलेका नोटको सम्बन्धमा अनुसन्धान अघि बढाइएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation