इरानबाट भारत आउने तयारीमा रहेको विमान अमेरिकी हमलामा क्षतिग्रस्त

१७ चैत, काठमाडौं

इरानबाट भारतको राजधानी नयाँदिल्ली आउने तयारीमा रहेको एक विमान अमेरिकी हवाई हमलामा परी क्षतिग्रस्त भएको छ । सोमबार महान एयरलाइन्सको एउटा विमान अमेरिकी हमलामा क्षतिग्रस्त भएको हो । यो विमान मशहद विमानस्थलमा पार्क गरिएको थियो र नयाँदिल्ली आउने तयारीमा थियो ।

औषधि र अन्य अत्यावश्यक राहत सामग्री ल्याउन भारत आउने तयारीमा रहेका बेला विमानमाथि हमला भएको हो ।

अमेरिका–इजरायल र इरानबीचको युद्ध आज ३१औँ दिनमा प्रवेश गरेको छ । तनाव साम्य हुने संकेत अझै देखिएको छैन ।

इरानमाथि ईयूले लगाएका प्रतिबन्ध अवधि थप

यसबीच युरोपेली संघ (ईयू) ले इरानमाथि लगाइएका मानवअधिकारसम्बन्धी प्रतिबन्धहरूलाई थप एक वर्षका लागि विस्तार गरेको छ । अब यी प्रतिबन्धहरू १३ अप्रिल २०२७ सम्म लागू रहनेछन् ।

ईयूले भनेको छ– प्रतिबन्धित व्यक्ति तथा संस्थाहरूले युरोपेली देशहरूमा यात्रा गर्न पाउने छैनन् र उनीहरूको सम्पत्ति जफत वा फ्रिज गरिनेछ । साथै, नागरिकमाथि निगरानी वा दमन गर्न प्रयोग हुन सक्ने उपकरणहरू इरानमा निर्यात गर्न पनि रोक लगाइने छ ।

यसैबीच, इरानको संसदको सुरक्षा समितिले सोमबार होर्मुज जलडमरूमध्य (स्ट्रेट अफ होर्मुज) व्यवस्थापन योजनालाई स्वीकृति दिएको छ । इरानी सरकारी सञ्चारमाध्यम इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आई.आर.आई.बी.) का अनुसार, यस योजनामा उक्त रणनीतिक जलमार्गबाट आवतजावत गर्ने जहाजहरूबाट शुल्क (टोल) उठाउने व्यवस्था गरिएको छ ।

यस योजना अन्तर्गत अमेरिकी र इजरायली जहाजहरूको आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइने प्रावधान पनि समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation