रजवाराकी एक महिला १६ दिनदेखि बेपत्ता !

१७ चैत, प्युठान

हाल वैदेशिक राेजगारीमा रहेका प्युठानकाे गाैमुखी गाउँपालिका वडा नं. ३ खरा निवासी धनबहादुर घर्तीमगरकी ३१ वर्षीय श्रीमती विगत १२ दिनदेखि सम्पर्कबिहिन भएकी छन् ।

उजका बुबा मनबहादुर रानाले बिबाह भएको ११ वर्ष भएकाे र हालसम्म बच्चा नभएको बताए । रानाले छाेरी ४ गते रातिदेखि सम्पर्कमा नरहेकाे भएपनि कतै आफन्तकहाँ गएकाे ठान्दै कतै उजुबाजुर नगरिएको र १० दिनसम्म कतै सम्पर्क हुन नसकेपछि १२ गते इप्रका लिवासेमा खाेजीकाे लागि अनुराेध गरिएको बताएका छन् । प्राणमञ्चसँग कुराकानी गर्दै अर्खानिवासी मनबहादुर रानाले छाेरी निकै साेझाे र निर्दाेष भएको फाइदा उठाएर कसैले बलात्कार गरेर मारेकाे वा मानव तस्करहरुले कतै बेचविखन गरिसकेकाे आशंका लागिरहेकाेले साेहीअनुसार खाेजतलासमा सहयोग गरिदिन सबैलाई अनुराेध गरिएको बताएका छन् ।

पारिवारिक स्राेतले राना घर्ती मगर चैत ४ गते रातिदेखि घरबाट कसैसँग बिना जानकारी तथा विवाह सम्बन्धी नोट छोडेर गएको भन्ने उल्लेख गर्दै मिति २०८२/१२/०५ गते उनी सम्पर्कमा नरहेको बताइएको छ ।

परिवार, आफन्त तथा इष्टमित्रहरूले उनलाई कतै देखे वा कुनै जानकारी पाएमा तत्काल सम्पर्क गर्न अनुरोध गरेका छन् ।
सम्पर्कका लागि:
9844684654
9867113310 मनबहादुर राना: बुबा
WhatsApp: +918787609609

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation