पर्वतमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

२ साउन, काठमाडौं

पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–९ एकोहोरे पाठास्थित दोबिल्ला–फलेवास सडकखण्डमा शनिबार दिउँसो साढे २ बजेतिर उक्त ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

कुश्माबाट साइकलचोकतर्फ जाँदै गरेको ग १ त ७२७३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक जिल्ला कुश्मा नगरपालिका–७ का २८ वर्षीय सुजन नेपाली र कुश्मा नगरपालिका–९ साइकलचोकका १४ वर्षीय शिशिर लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनास्थलमा गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा प्रदेश अस्पताल, कुश्मामा मृत्यु भएको हो ।

अर्का एकजना घाइते भएका छन् । घाइते हुनेमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१७ बिरौटा बस्ने २२ वर्षीय उदय सापकोटा रहेको प्रहरीले जनाएको छ । उनको प्रदेश अस्पताल कुश्मामा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation