![](https://pranmancha.com/wp-content/uploads/2023/04/IMG-20230413-WA00242.jpg)
![](https://pranmancha.com/wp-content/uploads/2023/04/IMG-20230413-WA00242.jpg)
प्यूठान, प्यूठानको गौमुखी गाउँपालिका वडा न- ६ लिबाङले दोस्रो चौमासिक सार्वजनिक सुनुवाई बिहीवार सम्पन्न गरेको छ ।सोही वडाका वडाध्यक्ष चन्द्र बहादुर खत्रीको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा प्रमुख अतिथी गौमुखी गाउँपालिका उपाध्यक्ष महावीर राना,त्यस्तै कार्यपालिका सदस्य निमा सुनार,वडा सदस्य मनबहादुर खत्री,दिपक दमै,बसन्ती खड्का लगायत विभिन्न राजनितिक दलतर्फका प्रतिनिधिहरु,युवा समाजसेवी,शिक्षक,आमासमुहका प्रतिनिधि हरु लगायत बालसन्जालका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । साथै स्थानियहरुको उपस्थिति रहेको थियो ।
![](https://pranmancha.com/wp-content/uploads/2023/04/IMG-20230413-WA0017.jpg)
![](https://pranmancha.com/wp-content/uploads/2023/04/IMG-20230413-WA0017.jpg)
सुनुवाईमा उपस्थित प्रतिनिधिहरु एवं स्थानियहरु
जनखोजी साप्ताहिक एवम जनखोजी डटकमका सन्चालक पत्रकार शशिधर भण्डारीको सहजिकरणमा कार्यक्रम सन्चालन भएको हो । सार्वजनिक सुनुवाई के हो ? आचारसंहिता के कस्ता छन ? विधानमा के छ ? यी यस्ता विषयबस्तुमाथी भण्डारीले प्रकाशन पार्नुभएको थियो ।
![](https://pranmancha.com/wp-content/uploads/2023/04/IMG-20230413-WA0003.jpg)
![](https://pranmancha.com/wp-content/uploads/2023/04/IMG-20230413-WA0003.jpg)
कार्यक्रमको सहजीकरण गर्दै पत्रकार शशिधर भण्डारी
वडा कार्यालयको आर्थिक वर्ष २०७९/०८० को लागि स्वीकृत वार्षिक कार्य बमोजिमका प्रगति विवरण वडाका नायब पशु स्वास्थ्य प्राविधिक हरि बहादुर खत्रीले विवरण पेश गर्नुभएको थियो ।
वडा कार्यालयले जनताहरुलाई के कस्ता सेवा प्रवाह
दियो?
सोही सुनुवाईमा विभिन्न व्यक्तिहरुले वडाको बिकास र बजेटको विषयमा कुरा उठाएका थिए । कार्यक्रममा पिछडिएको क्षेत्रलाई सुगम बनाउन आवश्यक कदम चाल्नुपर्ने,केन्द्रिय स्तरको बजेटको निमित्त ढ्क्ढ्क्याउने बिकासबादी नेता हुनुपर्ने, सुनुवाइमा सवै तहका प्रतिनिधि नपुगेको,कृषितर्फ उपभोक्ता समिती गठन गर्दा २/४ जनालाई बोलाएर गरेको,साथै योजना मुल्यांकन गर्नुपर्ने जस्ता सवाल उठेको थियो ।
पालिका उपाध्यक्ष महावीर रानाले सार्वजनिक सुनुवाईलाई थप प्रकाशित पार्दै जनताको सुचनाको हकलाई प्रबर्द्धन गर्न हरेक स्थानीय निकायले सार्वजनिक सुनुवाई गर्नुपर्ने बताउनुभएको छ ।
उपाध्यक्ष रानाले जनता र जनप्रतिनिधि बिचको सम्बन्धमा सुधार ल्याई एउटै बुझाई लिएर वडाको विकासमा एकताबद्ध भई लाग्नुपर्ने बताउदै आगामी आर्थिक वर्षदेखि पालिकाको समग्र विकासको निमित्त थप नीति कार्यान्वयन गर्ने जनाउनुभएको छ । “पालिकाले कृषी एम्बुलेन्स सन्चालन प्रक्रिया अगाडि बढाएको छ जनताहरु व्यावसायिक बन्नुपर्यो”रानाले भन्नुभयो ।
![](https://pranmancha.com/wp-content/uploads/2023/04/IMG-20230413-WA0032.jpg)
![](https://pranmancha.com/wp-content/uploads/2023/04/IMG-20230413-WA0032.jpg)
सुनुवाईमा मन्तव्य राख्दै पालिका उपाध्यक्ष राना
सुनुवाई मा विभिन्न तह र तप्कावाट प्रतिनिधित्व गर्दै आएका व्यक्तिहरुले उठाएका सवालहरुलाई वडा अध्यक्ष चन्द्र बहादुर खत्रीले सम्बोधन गर्दै वडाले गरेका सम्पुर्ण कामहरुलाई जनताहरु भेला गराई सार्वजनिक गर्ने बताउनुभयो । अध्यक्ष खत्रीले आफ्नो कार्यकाल जनताहरु सँग हातेमालो गर्दै वडाको समग्र विकासमा बिताउने बताउनुभयो ।
![](https://pranmancha.com/wp-content/uploads/2023/04/IMG-20230413-WA00392.jpg)
![](https://pranmancha.com/wp-content/uploads/2023/04/IMG-20230413-WA00392.jpg)
सुनुवाईमा उठेका सवालको जवाफ दिदै वडाध्यक्ष खत्री
साथै शिक्षाको अवस्था सुध्रिए मात्र वडाको विकासमा समृद्धि ल्याउने योजनासहित १५ सदस्यीय वडास्तरिय विद्यार्थी भर्ना अभियान वडाअध्यक्षको संयोजकत्वमा मुल समिती गठन गरिएको अध्यक्ष खत्रीले बताउनुभएको छ ।