हँसियाहथौडा र रुख अंकित झण्डा
हलाे र सुर्यका समृद्ध प्लेकार्ड सजाएर
सुनपानी छर्कि पवित्र बन्धन बनाएर
एक हुल मान्छेहरु जागिरको प्यास बाेकी
देशभरका नियाेगमा कागजात बुझाए
स्थायी नियुक्तिकाे हवाला दिंदै
रंगिन साँझमा लमतन्न झुलेर
मेजमानकाे भान्साे गर्दै फुर्लुङग पल्टिए
जि हजुरीका अत्यासलाग्दा दृश्य कैद गरि
रित्तो पेटमा सान्त्वना खाेजी म पनि पल्टिएँ
सपना उसले देख्यो र मैले पनि देखे
फरक यत्ति थियाे
जनलुटकाे नानाथरी तानावाना बुनेर
उसले विजयकाे माला पहिरिएर
अालिसान बंगलाकाे सिंगमर्मरमा घुम्दै
ऐस अारामले देश लुटिरहेकाे देख्याे
मैले लुटकाे चित्कारले देश दुखिरहेकाे देखें
उसले स्राेत साधन र अर्थकाे चाबि कब्जा गरि
अरु पाँच वर्ष सम्म अकुत अार्जनकाे
सुदुर जीवनका अनेकौं रासलिला देख्याे
मैले मातृभूमिकाे छटपटि र निमुखाका चित्कार देखें
दलाली चाप्लुसिकाे दुर्गन्धित हावाले
वायुमण्डल बिषालु भई स्वास नै राेकिइरहेकाे देखें
झल्यास्स व्यूझिँए, पेट कर्रर करायाे
भाेकका डल्लाकाे दाैडाइले शरिर अर्राे बनायाे
साेचिरहे, गमिरहे, सान्त्वना हरण भयाे
लुटकाे स्वर्गमा उमंग भरिरहेकाे पल
अावेदक पनि व्यूँझियाे,
उसले डायरी र डटपेन निकाल्याे
हिसाब गर्न थाल्याे
क्रसर, तस्कर, ठेकेदार, उद्याेगी, याेजना
सबैकाे लिस्ट उतार्याे
हिसाब उतार्याे
चुनावी दाैडाहकाे
वडा सदस्य कम्तीमा २० लाख !
निष्कर्ष निकाल्याे बिस मल्टिपल पाँच
कराेड त असुलउपर गर्नुपर्याे
निष्कर्ष मेराे पनि रह्यो
दुनियाँलाई भ्रमित पारि सपनाकाे हत्या गर्ने
संसदीय व्यवस्थाका दर्जनाैँ चुनावी नाैटंकीले
सुदुर पारिका दुखेकाे मनमा डढेलाे थप्ने हाे
अभाव र राेदनमा झनै महंगि र भ्रष्टाचार खप्ने हाे
पराजयले खिन्न मनहरुमा काेब्रा बनि डस्ने हाे
अास्वासनका लिलिपपले चिल्लाे घस्ने हाे
त्यसकारण बरु एक्लै बस्ने तर सति नचड्ने
बैशाख १३, २०७९