अन्तहिन रुस–युक्रेन युद्ध, उत्तरकोरियाद्वारा जापानमा मिसाइल प्रहार, तेस्रो विश्वयुद्धको संघारमा विश्व

काठमाडौं । युक्रेन विवादपछि यतिबेला तेस्रो विश्वयुद्धको चर्चा चलिरहेको छ । रुसले युक्रनमाथि विशेष सैन्य कारवाही थालेको ७३ दिन भइसकेको छ । रुसले मारियोपोल, खार्किभलगायतका केही शहर नियन्त्रणमा लिइसकेको छ भने अन्य भूभागमा पनि लडाइँ जारी छ ।

युक्रेनलाई अमेरिका र उसका सहयोगी देशहरुले खुला रुपमा हतियार र अघोषित रुपमा सेना पठाइरहेका छन् । मारियोपोलमा अमेरिकी र बेलायती सैनिक लडिरहेको अवस्थामा रुसी सेनाले नियन्त्रणमा लिएको थियो । तर उनीहरुले आफूहरु भोलेयन्टिरको रुपमा युक्रेनको पक्षमा लडेको बताएका थिए । रुसले भने अमेरिका र नेटो देशहरुले आफूविरुद्ध लड्न अघोषित रुपमै सेना पठाएको आरोप लगाउँदै आएको छ ।

एकातिर रुस अर्कोतिर नेटो देशहरु भइरहेका छन् । रुसले आफू कुनै बेला आणविक शक्ति प्रयोग गर्न सक्ने चेतावनी दिइरहँदा विश्वयुद्धको खतरा रहेको विश्लेषण हुन थालेको हो ।

यसैबीच उत्तर कोरियाले विश्वयुद्धमा आफू पनि सहभागी हुने संकेतको रुपमा पछिल्ला दिनहरुमा आणविक हतियार विकासलाई तिब्रता दिइरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । उत्तर कोरियाले पछिल्ला केही दिनमा यता हप्तामा दुई नभए एउटासम्म क्षेप्यास्त्र परीक्षण गरिहरेको छ ।

केही दिन पहिले मात्रै हाइपरसोनिक मिसाइल सफल परीक्षण गरेर अमेरिकासम्म सजिलै मार हान्न सकिने बताएको थियो । राडरले समेत चाल नपाउने उक्त क्षेप्यास्त्र शक्तिशाली मानिएको अमेरिकासँग भएको हाइपरसोनिक मिसाइल भन्दा पनि बढी क्षमताको भएको बताइएको छ ।

यसैक्रममा शनिबार उत्तर कोरियाले फेरि जापानतर्फ ब्यालेस्टिक मिसाईल प्रहार गरेको छ । जापानी संचार माध्यमहरुका अनुसार दिउँसो २ बजेर १५ मिनेटमा उत्तर कोरियाको भूमीबाट ब्यालेस्टिक मिसाईल प्रहार भएको थियो । उक्त मिसाईलले जापानी भूमिमा क्षति भयो वा जापानी सागरमा खस्यो भन्नेबारे अहिलेसम्म दुबै देशले  केही बताएका छैनन् ।

जापान कोस्ट गार्डले दिउँसो २ बजेर ११ मिनेटको समयमै “उत्तर कोरियाबाट सम्भावित ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरिएको” रक्षा मन्त्रालयले जानकारी गराएको थियो । कोस्ट गार्डले ट्रान्जिटमा जहाजहरूलाई भविष्यको जानकारीको बारेमा सचेत हुन आह्वान जापान कोस्ट गार्डले दिउँसो २ः११ बजे उत्तर कोरियाबाट सम्भावित ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरिएको जानकारी दिएपछि रक्षा मन्त्रालयले सम्पर्क गरेको बताइएको छ 

 रुसले एउटा नयाँ र शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफल परीक्षण गरेको छ । युक्रेनमा सैन्य कारवाही सुरु गरेको दुई महिना पुग्नैलाग्दा रुसले नयाँ आणविक क्षमता भएको क्षेप्यास्त्र परीक्षण गरेको हो ।

रुसी अधिकारीहरुका अनुसार यो क्षेप्यास्त्रले एकै पटक १० भन्दा धेरै परमाणु ब म बोकेर मार हान्न सक्छ । यसले १० हजार किलोमिटरसम्म मार हान्न सक्ने बताइएको छ । क्षेप्यास्त्र उत्तरपश्चिम रुसको प्लेसेत्स्कबाट प्रहार गरिएको थियो भने करिब ६००० किलोमिटर टाढा खसेको थियो । यसले अमेरिकाका जुनसुकै शहरमा पनि आणविक हमला गर्न सक्ने बताइएको छ । यसले १८ हजार टाढासम्म मार हान्न सक्छ ।

क्षेप्यास्त्रको सफल परीक्षणपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसविरुद्ध लाग्नेहरुले आफ्नो बारेमा दुई पटक सोचेर मात्रै लाग्न चेतावनी दिएका छन् । “शत्रुहरुले रुसविरुद्ध लाग्नुभन्दा पहिले अब दुई पटक सोच्नुपर्ने हुन्छ” पुटिनले भने ।

पुटिनले यस्तो क्षेप्यास्त्र कुनै पनि देशसँग नभएको बताउँदै विश्वमै पहिलो पटक परीक्षण गरिएको बताए । उनले क्षेप्यास्त्रद्वारा एकैपटकमा १० वा सोभन्दा धेरै परमाणु ब म प्रहार गर्न सकिने बताए। उनका अनुसार उक्त क्षेप्यास्त्र एन्टी मिसाइल रहेकोले अन्य हतियार वा मिसाइलले त्यसमा कुनै क्षति गर्न सक्दैन। याे मिसाइल १६ हजार किलाेमिटर प्रतिघण्टा र ध्वानीभन्दा १० गुणा बढी मार हान्न सक्छ ।

अमेरिका सहित पश्चिमा देशहरुले रुसविरुद्ध युक्रेनलाई हतियार दिइरहेको बेला रुसले कसैसँग नभएको क्षेप्यास्त्र सफल परीक्षणलाई अर्थपूर्ण हेरिएको छ । रुसले युक्रेनका अधिकांश क्षेत्रमा नियन्त्रण कायम गरिसकेको छ । तर, पश्चिमा देशहरुले हतियार सहयोग गरेका कारण ठूलो मानवीय क्षति हुने भन्दै रुसले घेराबन्दी गर्दै युक्रेनी जस्थालाई गलाउँदै लगेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation