Pranmancha

Advertisment

SKIP THIS

माेटरसाइकल चाेरी गर्ने ८ जना पक्राउ

जेठ १९ झापा – मोटरसाईकल चोरीमा संग्लग्न ८ जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

झापाका बिभिन्न स्थानहरुबाट विभिन्न समयमा मोटरसाईकल चोरीमा संग्लग्न रहेका ८ जना र चोरी भएका १२ थान मोटरसाईकल सहित पक्राउ परेकाे प्रदेश नं.१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

पक्राउ पर्नेहरुमा टिकुली नगरपालिका-५ सप्तरीका २७ बर्षीय करण महमद, झापाको गौरिगञ्ज गाउँपालिका-५ का १८ बर्षीय ओम प्रकाश यादव, अर्जुनधारा नगरपालिका-८ का १८ बर्षीय समिर मिया, बिर्तामोड नगरपालिका-५ का १८ बर्षीय बिष्णु भण्डारी र करण मण्डल यसैगरी बिर्तामोड नगरपालिका-३ का १९ बर्षीय कुमार राजवंशी तथा १८ बर्षीय सुमन बिहारी र ईलाम चुलाचुलीका १८ बर्षीय राहुल श्रेष्ठ रहेका छन।


केही दिन देखि झापाका बिभिन्न स्थानहरुबाट मोटरसाईकल हराएको भन्ने सूचना पाए संगै चोरीमा सग्लग्नहरु तथा हराएका मोटरसाईकलहरुको खोजतलासमा खटिएको जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त प्रहरी टोलीले चोरीमा संलग्न ८ जनालाई पक्राउ गरेकाे हाे।

पक्राउ परेको यो समुहले अशोक विहारीको अर्जुनधारा नगरपालिका-८ कदमगाछीमा रहेको ग्यारेज भित्रवाट र अर्जुनधारा – १० को अर्को मोटरसाइकल ग्यारेजवाट तथा झापाको अन्य बिभिन्न स्थानवाट मोटरसाईकल चोरी गरेका थिए । चोरी भएका १२ थान मोटरसाईकल सहित पक्राउ परेको यो समुहमाथि ईलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान गरिरहेकाले प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation