वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-६ बस्ने ४० वर्षीया लालिमाया दर्लामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।
दर्लामीले क्रोएसिया पठाइदिन्छु भन्दै १ पीडितबाट ५ लाख ७५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ बाट पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।