यसकारण विकर्षणमा छ शिक्षण पेशा

कुनै पेशा, व्यवसाय प्रति व्यक्ति किन आकर्षण हुन्छ भने त्यस पेशामा सम्मान पाइन्छ । दैनिक जीवनमा आवश्यक पर्ने आर्थिक कमाई हुन्छ । पेशागत सुरक्षाको निश्चित हुन्छ । आफ्नो सन्तानको भविष्य सुरक्षित गर्न सकिन्छ भन्ने विश्वस्त भयो भनेमात्र त्यो पेशा रोज्छ । तर जुन पेशामा दाम, सान र मान हुँदैन त्यो पेशा कसैले रोज्दैन । शिक्षण पेशा पनि त्यस्तै पेशा भनेको छ । शिक्षण पेशा साँच्चिकै त्यस्तै पेशा हो कि नियोजित ढंगले बनाइएको हो? यसलाई व्यापक बहसको विषय बनाउनु जरुरी छ
विकर्षणका कारण शिक्षण पेशा विकर्षणमा पर्नुमा पहिलो कुरा त नेपालमा एक्काइसौँ शदिको विज्ञान प्रविधिको माग र देशको माटोको वास्तविक अवस्था र मागको सम्बोधन गर्ने शिक्षा ऐन÷नियम र सो अनुरुपको उचित पाठ्क्रमको निर्माण हुन नसक्नु नै हो ।
 योसँगै हर व्यक्तिमा मौलाएको चरम उपभोक्तादी चिन्तन पनि अर्काे मुख्य कारण हो । बिना श्रम, बिना लगानी, बिना योगदान, बिना योग्यता र बिना संघर्ष सजिलैसँग रातारात करोडपति बन्ने सपना र महत्वाकांक्षा देख्ने प्रवृत्ति छ । जुन कुरा शिक्षण पेशाबाट सम्भवन छैन । बरु यहाँ त दुख कष्ट र संघर्षको कथा हुन्छ । जागीरे भयो सात पिरीयडसम्म अध्यापन गरेर घाँटी दुख्ने र मुख सुकेर हैरान हुन्छ । सम्मानित पेशा नहुनु दोस्रो मुख्य कारण हो ।
पंक्तिकार पनि कुनै समय शिक्षक भएकोले यसका कैयौँ किस्साहरु जानकार छ । शिक्षकलाई कति अभाव र अपमान सहेर मुस्कुराउनुपर्छ राम्रो अनुभव छ । स्नातक सकेर गाउँको एक माध्यमिक बिधालयमा बिज्ञान पढाउन सुरु गरेको तीन दिन भएको थियो । कक्षा दशमा बल भन्ने पाठ अध्यापन गरीरहेको बेला अन्दाजी ४९,५० बर्षका ब्यक्ति कक्षामा प्रवेश गरे ।
 एकछिन त विद्यार्थीको ध्यान विकेन्द्रीकरण भयो तर मैले फेरि ध्यान केन्द्रीकृत गरेर मेरो काम अगाडि बढाए । उनी पुरा पिरियड नै कक्षाकोठामा नै बसिरहे मलाई मनमनै लाग्यो ऊनी बिज्ञान बिषय र शिक्षण विधि सम्बन्धित व्यक्ति नै होलान् । यसो नयाँ मास्टरको ज्ञान र सीप चेक गर्छु भनेर आएका होलान् । केही दिनपछि बिद्यालय व्यवस्थापन समितिको बैठक बस्यो र त्यसमा म पनि बस्ने अवसर मिल्यो । हेडसरले बैठकको उपस्थितिमा हस्ताक्षर गर्दै जाँदा उहि मेरो कक्षामा जाने ब्यक्तिको पालो आयो अनि उनले हस्ताक्षर गर्ने ठाउँमा औंला छाप लगाएको देखेपछि बल्ल थाहा पाए कि म निरक्षर ब्यक्तिबाट चेकमा परे रहेछँु । अनि सम्झेँ, रोल्पाबाट चामल र  सुकेको साग बोकेर सुनौलो सपना देख्दै काठमाडौ पढ्न गएको, त्यहाँ पाएको दुख, पीडा, कष्ट र संघर्षका दिनहरू दिमागमा घुमिरह्यो । त्यसरी  हासिल गरेको ज्ञान र सिपमा अपमान भएको अनुभुती भयो । उनले मेरो आत्मविश्वास त चेक गर्न सक्थे तर बिषयगत ज्ञान र शिक्षण विधिको बारेमा चेक गर्न सक्ने  कुरा भएन । त्यसै दिनदेखि मलाई शिक्षण पेसामा लाग्ने उत्कट चाहानामा चोट लाग्यो ।
                      जम्मा १ हजार ४ सय ४० उच्च शिक्षाका शैक्षिक संस्थामध्ये ५ सय ६३ संस्थाहरुले मात्र शिक्षा संकाय पढाई गर्छन् । त्यसमा पनि सबैभन्दा कम संख्यामा सबैभन्दा कमजोर विद्यार्थी भर्ना हुन्छन् । तीमध्ये २० प्रतिशतले मात्र उच्च शिक्षा हासिल गर्छन् त्यसमा पनि शिक्षक अनुमानि पत्र प्राप्त गर्छन् ।
स्नातक पढ्दाको क्याम्पस ट्प एक जना साथीले  “मेरो १४ ठाँउमा बैकल्पिकमा नाम प¥यो तर १ नम्बरमा परेन “मैले सोधे किन? उनले भन,े मलाई जहाँ जसको पकड छ त्यहीँ संगठनको सदस्यता लिनुपर्छ भन्थे मैले लिएन, त्यसैले १ नम्बरमा १४ पटकसम्म परेन । अब विदेश जानुपर्ला भन्दै थिए । पछी उनले शिक्षक सेवा आयोगको मावि स्थायीमा नाम त निकाले तर ऊनी त्यो पनि छोडेर अमेरिका गएका छन् । यी उदाहरणले देखाउँछ कि यो पेशामा बाध्यताले मात्र शिक्षण पेशामा केहि मान्छेहरु छन् । राम्रो विकल्प पाउने हो भने प्राय सबैले छोड्नेवाला छन् । विश्वका सफल राष्ट्रका शिक्षा प्रणाली र शिक्षकका बारेमा बुझने हो भने थाहा हुन्छ कि नेपालमा शिक्षा प्रणाली र शिक्षण पेशा प्रतिको आकर्षण नहुनुको कारण के रहेछ । संसारकै उत्कृष्ट शिक्षा भएको फिनल्यान्ड शिक्षा पुर्णतः राज्यको दायित्वमा छ । सम्मानित पेशाको रूपमा शिक्षण पेशालाई लिइन्छ ।प्रारम्भिक विद्यालयको शिक्षक बन्न स्नातक पास गर्नुपर्ने हुन्छ । स्कुल बोर्डले शिक्षकको नियुक्ति, बर्खास्ती बजेटको व्यवस्था गर्छ । दक्षिण कोरियामा शिक्षकलाई डाक्टर, इन्जिनियर र निजामती कर्मचारी भन्दा बढी सेवा सुविधा र सम्मान दिएको छ । चाइना, स्विडेन लगायतका विकसित मुलुकमा शिक्षकलाई अरु पेशाभन्दा बढी नै सम्मान दिएको छ ।
             परिवार धान्ने तलब सुविधा नहुनू शिक्षक पेशाप्रति विकर्षणको दोस्रो मुख्य कारण हो । सिंगापुर ,दक्षिण कोरिया, फिनल्यान्ड, चाइना, स्विडेन जस्ता विश्वका शक्तिशाली राष्ट्रमा औषत जागीरे भन्दा शिक्षकको तलब बढी नै हुन्छ । जसले गर्दा ए ग्रेडका विद्यार्थीलाई शिक्षक बन्न उत्प्रेरित गर्छ । तर नेपालमा शिक्षकको तलबले परिवार सामान्य आधारभूत खर्च टार्न पनि कठिन छ । जसले गर्दा शिक्षण पेशाप्रती आकर्षण हुँदैन । जम्मा १ हजार ४ सय ४० उच्च शिक्षाका शैक्षिक संस्थामध्ये ५ सय ६३ संस्थाहरुले मात्र शिक्षा संकाय पढाई गर्छन् । त्यसमा पनि सबैभन्दा कम संख्यामा सबैभन्दा कमजोर विद्यार्थी भर्ना हुन्छन् । तीमध्ये २० प्रतिशतले मात्र उच्च शिक्षा हासिल गर्छन् त्यसमा पनि शिक्षक अनुमानि पत्र प्राप्त गर्छन् । प्राप्त गरेका पनि विज्ञान र गणित बिषयमा त झन शिक्षण पेशा कमै मात्र जान्छन् । भन्ने कुरा १० पटकसम्म स्कुलले बिज्ञापन खोल्दा पनि बिज्ञान र गणितको शिक्षक नपाउनुले पुष्टि गर्छ । शिक्षकले जीवनभर कमाएको रकमभन्दा एकपटक दक्षिण कोरियामा सबैभन्दा तल्लो स्तरको नेपाली कामदारले पाउँछ । अनि लाखौं रकम लगानी र वषौँ मिहिनेत गरेर पढेको मास्टर हुनुभन्दा १० कलास पढेपछि कोरिया जाने बाटो खोज्न थाल्छ र सक्ने जति यस्तै गरि अमेरिका, अस्ट्रेलिया, क्यानाडा नसके कम्तीमा खाडी मुलुक जाने मेलोमेसोतिर लाग्छ । अर्को कुरा सांस्कृतिक, नैतिक र सामाजिक रूपमा पतन भएका र राजनीतिको फेरो समाएर बाँचेका केही थान शिक्षकले गर्दा शिक्षक पेशा नै धमिलो बनाएका छन् ।
 आकर्षक गर्ने विधि
पहिलो, मर्यादाक्रममा शिक्षकलाई निजामती कर्मचारीभन्दा माथी राख्नुपर्छ । जसले गर्दा पेशागत आत्मसम्मान होस् । स्टानफोर्ड विश्वविद्यालयका अनुशासनकर्ताको अनुसन्धानले यस्तो पत्ता लगायो कि एउटा औषत शिक्षकभन्दा उत्कृष्ट शिक्षकले पढाएको विद्यार्थीले २० हजार डलर बढी रकम कमाउन सक्छ । सबै विद्यार्थीलाई उत्कृष्ट शिक्षकले नै पढाउने स्थिति पैदा गर्न सक्नुपर्छ । जसका लागि शिक्षकलाई उत्साहित बनाउन जे–जे गर्नपर्छ सबै गर्नुपर्छ । दोस्रो, कम्तीमा आवश्यक खर्च पुग्ने तलब सुबिधाको व्यवस्था हुनुपर्छ । आफ्ना छोराछोरीलाई युग अनुसार प्रतिस्पर्धा गर्न सक्ने शिक्षा दिन, स्वास्थ्यपोचार लगायतका आधारभूत आवश्यकता परिपूर्ति गर्न प्रयाप्त होस् ।  लगाई खाने खेत वारि किन सकियोस् ।
आफू परिवार समाज र राष्ट्रको आत्मसम्मान घात होला कि भनेर सधै निकै सचेत हुन्छ । आफू सधै अपडेट र अपग्रेड हुन्छ अनि व्यावहारिक प्राविधिक र देशभक्त नागरिक तयार पार्न मात्र होइन देशको नीति निर्माणको तहमा पुग्ने प्राज्ञिक विज्ञहरु र देशको नेतृत्व गर्न राजनेता तयार गर्न सकिन्छ ।
आफ्नै गाडीमा यात्रा गर्ने र कम्तीमा वर्षको एकपटक घुम्ने खर्च पुगोस् । शिक्षण पेशा सुरक्षाको दृष्टिले पनि सुनिश्चितता हुनुपर्छ । राजनीतिक वा व्यक्तिगत आग्रह पुर्वाग्रहकै कारण जागीर धरापमा पारिदिने प्रवृत्तिको अन्त्य गर्नुपर्छ । अवकासपछि विशेष सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिनुपर्छ । ताकि आफ्नो  जीवनको उत्तरार्धमा कलकलाउँदो जवानि फालेर गरेको शिक्षण पेशा गरेकै  कारण यस्तो माया ,सद्भाव र सुबिधा पाए भनेर आफुले आफैलाई गर्व र गौरव गर्न सकियोस् । आफ्ना दौँतरी का मानिससँग शिर ठाडो बनाउन पाइयोस् । यति मात्र भयो भने पनि शिक्षण पेशा छोडेर अन्यत्र कोहो भौतारिने छैन ।
अन्त्यमा
 शिक्षण पेशामा गुरुत्वबल नथपेसम्म मेधावी विद्यार्थीहरु यो पेशामा आकर्षित हुदैनन् उनीहरु नआएसम्म त्यो ठाउँमा कमजोर व्यक्ति नै आउँछ । अनि कमजोर व्यक्तिले तयार गरेको जनशक्ति झन् कमजोर स्वभाविक रुपले उत्पादन हुन्छ । एसइई २०८० को नतिजामा ३३ प्रतिशत विद्यार्थीले गणितमा इ–ग्रेड लिए । यो भनेको गणितमा ३३ प्रतिशतले २० अंकभन्दा कम लिए । विद्यार्थी राष्ट्रिय सिकाइ उपलब्धि परिक्षणको नतिजा अनुसार ७० प्रतिशत विद्यार्थीले कक्षाकोठामा  सिक्नुपर्ने न्युनतम सिकाई स्तर हासिल गरेनन् । यो डाटाले बताउछ कि शिक्षक कमजोर छन् । त्यसैले यस्तो डरलाग्दो नतिजा आयो ।
यदि यी ७० प्रतिशत भित्रका विद्यार्थी नै शिक्षण पेशामा आए भने ७० बाट ९९ प्रतिशत पु¥याउने सहजै आकलन गर्न सकिन्छ । त्यसैले तिक्ष्ण दिमाग भएका समाज विज्ञान र प्रकृति विज्ञान दुबै बुझेका नैतिक र सांस्कृतिक रूपमा बलियो विद्यार्थीलाई शिक्षणमा आकर्षण गरेपछि मात्र गुणस्तरीय शिक्षक तयार गर्ने सकिन्छ । गुणस्तरीय शिक्षकले मात्र गुणस्तरीय शिक्षाले गर्न काम व्यक्ति भित्र लुकेर रहेको प्राज्ञिक क्षमता बाहिर ल्याउछ । आफू परिवार समाज र राष्ट्रको आत्मसम्मान घात होला कि भनेर सधै निकै सचेत हुन्छ । आफू सधै अपडेट र अपग्रेड हुन्छ अनि व्यावहारिक प्राविधिक र देशभक्त नागरिक तयार पार्न मात्र होइन देशको नीति निर्माणको तहमा पुग्ने प्राज्ञिक विज्ञहरु र देशको नेतृत्व गर्न राजनेता तयार गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation